काठमाडौं– नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली १ साता लामो कम्बोडिया भ्रमण सकेर स्वदेश फर्किएका छन्।
ओली यही साउन २ सोमबार निर्वाचन पर्यवेक्षणका लागि कम्बोडिया गएका थिए। भ्रमणमा ओली पत्नी राधिका शाक्य, उपमहासचिव विष्णु रिमाल र सचिवालय टोलीसहित ६ जनाको सहभागिता रहेको थियो।
कम्बोडियामा रहँदा अध्यक्ष ओलीले त्यहाँका प्रधानमन्त्री सामदेक टेचो हुन सेनसँग भेटवार्ता गरेका थिए। साथै श्रीलङ्काका पूर्वराष्ट्रपति मैत्रीपाला सिरिसेना र नाइजेरियाका पूर्वराष्ट्रपति जोनाथन गुडलकसँग पनि भेटवार्ता गरेका एमालेले जानकारी दिएको छ। उनले कम्बोडियामा भएको निर्वाचनको पर्यवेक्षण गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।