काठमाडौं– नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले समाजवादी मोर्चा नेपाली कांग्रेसको जानकारीमै बनेको दाबी गरेका छन्। केन्द्रीय समिति बैठकमा कुरा उठेपछि उनले जवाफ दिँदै स्पष्ट पारेका हुन्।
‘भत्केको गठबन्धन पुन:स्थापित गर्ने जुन दिन पुस १० गते सहमति भयो। त्यही दिन समाजवादी मोर्चा बनाउने पनि सहमति भएको थियो,’ उनले भने, ‘त्यही सन्दर्भमा माओवादी, समाजवादी र जनता समाजवादीको मोर्चा तीन दलको बनाउने सहमति भएको थियो।’
प्रचण्डले कांग्रेसलाई जानकारी दिएर बनाएको कुरा सार्वजनिक रुपमा भनेकाले यसमा कन्फ्यूजन वा विवाद गर्न जरुरी नहुने उनको भनाइ छ।
यसलाई यही रुपमा लिनुपर्ने भन्दै उपसभापति खड्काले आगामी दिन कसरी जान्छ त्यही विषयमा हेरिनुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।