मोरङ– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीयतालाई मजबुद बनाउनका लागि जनताको साथ चाहिने बताएका छन्।
मोरङको कटहरी–७ र धनपाल–५ जोड्ने लोहन्द्रा खोला झोलुङ्गे पुलको उद्घाटन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन्।
‘संघीयतालाई थप बलियो र मजबुद बनाउनका लागि जनताको साथ अपरिहार्य छ,’ मन्त्री मोदीले भने, ‘संघीयताको समस्या केलाउँदै समाधान गरी यसलाई थप बलियो र सुदृढ बनाउनुको विकल्प छैन।’
संघीयताका सन्दर्भका कतिपय राजनीतिक दल र व्यक्तिहरुले प्रश्न उठाइरहेको प्रसंग कोट्याउँदै मन्त्री मोदीले भने, ‘संघीयता कार्यान्वयनका सन्दर्भका केही कमजोरी देखियो होला, तर संघीयता र गणतन्त्रको विकल्प उन्नत र बलियो संघीयताबाहेक अरु हुन सक्दैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।