काठमाडौं– सर्वोच्च अदालतले एकैपटक १४३ जना कर्मचारीको काज सरुवा गरेको छ। सर्वोच्चले राजपत्र प्रथम श्रेणी र द्वितिय श्रेणीका कर्मचारीहरुलाई काज सरुवा गरेको हो।
सर्वोच्चले साउन ७ गतेको निर्णय अनुसार काज सरुवा गरेको हो। सर्वोच्चले सह रजिष्ट्रार रामप्यारी सुनुवारलाई प्रशासकिय अदालतबाट उच्च अदालत जनकपुर सरुवा गरेको छ।
त्यस्तै सूर्यवंश शर्मा कँडेललाई उच्च अदालत तुलसीपुरबाट सर्वोच्च अदालत ल्याएको छ। त्यसैगरी विश्वजंग सिँजापतिलाई सर्वोच्चबाट उच्च अदालत जनकपुर सरुवा गरेको छ।
काठमाडौ जिल्ला अदालतका श्रेष्तेदार ज्ञानेन्द्र इटनीलाई सर्वोच्च अदालत सरुवा गरेको छ भने उनको स्थानमा कौशलेश्वर ज्ञवालीलाई ल्याएको छ। त्यस्तै विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीलाई जुम्ला जिल्ला अदालतमा काज सरुवा गरिएको छ।
यस्तो छ सरुवाको सूची
1690204695.png)
1690204694.png)
1690204693.png)
1690204692.png)
1690204692.png)
1690204690.png)
1690204690.png)
1690204688.png)
1690204688.png)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।