काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जनता र कार्यकर्तामा चरम निराशा रहेको बताएका छन्। केन्द्रीय समिति बैठकमा बोल्दै उनले कार्यकर्तामा पुग्दा प्रजापरिषद् र कांग्रेस आईजस्तो हुन लागेको भनी निराशा व्यक्त गर्ने गरेको बताए।
पार्टीको बैठकमा महामन्त्रीको आलोचना, सुझाव, गल्ती औंल्याउने र सुझाव दिने काम भएको भन्दै त्यसबाट अब बाहिर निस्कनुपर्ने उनले बताए ।
‘पछिल्लो दिनमा जे महसुस गरेको छु त्यसले म आत्तिएको छु। जो भेटे पनि बाहिर जाने भनी हिँडेको देख्छु। खुसी भएको कोही देखिरहेको छैन,’ उनले भने, ‘मानिसहरु निराश भएका छन्। मानिसले होप देखेको छैन। आज राम्रो भएन तर भोलि राम्रो हुन्छ भन्ने आस देखिँदैन। निराशाको व्यापार चल्न थालेको छ। यो निकै चल्न सक्ने देखिएको छ।’
यस्तो समयमा नेपाली कांग्रेसले थप संकल्पबाट बाहिर निकाल्नुपर्ने भन्दै उनले पार्टीका साथीहरुको मनस्थिति त्यो अनुसार नपाएको बताए। ‘साथीहरुमै आत्मविश्वास हराएको देखिन्छ। प्रजापरिषद् र भारतको कंग्रेस आईजस्तो बन्छौं भन्ने निराशा देखिन्छ,’ थापाले भने।
उनले अब आत्म निरीक्षण गरेर जानुपर्ने भन्दै निर्वाचन जितेर पनि हारेको झैं किन कांग्रेस हुनुपरेको भनी प्रश्न गरे। उनले जितकोमा त्यो भाव नै नदेखिएको र फुटवल हारेको टिमजस्तो भएको उनले बताए। उनले अब धुप बालेर आरती गर्नेभन्दा बाहिर झ्यालबाट हेरेर सुधार गर्नुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।