काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका अनुयायीलाई छायाजस्तो नभई ऐना जस्तो बन्न महामन्त्री विश्वप्रकाश शर्माले सुझाएका छन्। छाया भएमा देउवा जता हल्लियो त्यतै हल्लिने बताउँदै ऐनाले मात्रै सत्य देखाउने व्यंग्य उनले प्रस्तुत गरे।
लाक्षणिक रुपमा देउवा गुटका नेताहरुलाई कटाक्ष गर्दै उनले भने, 'सभापतिज्यूलाई छाया जस्ता अनुयायी पनि चाहिन्छन्- आफू जता हल्लियो त्यतै हल्लिने। तर ऐना जस्तो साथी त्यो भन्दा बढी उपयुक्त हुन्छन्। ऐनाले सत्य देखाउँछ। सभापतिज्यूले आफ्ना अनुयायीलाई भन्न सक्नुपर्छ- साथीहरु हो बेला-बेला ऐना जस्तो भएर साथ देऊ न।'
ऐनाले सभापति देउवाको कमजोरी समेत देखाउन सक्नेतर्फ संकेत गरेका हुन्। तर अहिले छायाजस्ता नेता भएकाले उनको कमजोरी नऔंल्याएर कमजोरीलाई नै सही ठहर्याएर अघि बढिरहेकोतर्फ उनले संकेत गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।