काठमाडौं– कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको कुनै सदस्यले पनि कालो मोसो दल्ने, शारीरिक आक्रमण गर्नेलाई पार्टीमा कुनै स्थान दिनु नहुने प्रस्ताव गरेका छन्।
पार्टीको केन्द्रीय समितिको बैठकमा बोल्दै महामन्त्री शर्माले उक्त प्रस्ताव गरेका हुन्।
‘सबै साथीले सुन्नेगरी यदि कसैले पनि वर्गीयरुपमा माग राख्दै गर्दा कानुनलाई हातमा लिने, कालो मोसो दल्ने, शारीरिक रुपमा आक्रमण गर्ने कार्य गर्छन् भने तत्काल सदस्यता खारेजी र थप कारबाही गर्ने प्रक्रियामा पार्टी जान्छ,’ शर्माले प्रस्ताव गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।