काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अर्को दलका बारेमा नबोल्नु भनेर कुनै चिट नथमाएको बताएका छन्। केन्द्रीय समिति बैठकमा बोल्दै उनले आफूले नै चिट बाँडेको बताउँदै त्यहाँ त्यस्तो कहीँ उल्लेख नभएको बताए।
कांग्रेस नेता शेखर कोइरालाले अन्य दलका बारेमा नबोल्न चिट थमाइएको बताएका थिए। त्यसैको जवाफ दिँदै उनले यस्तो बताएका हुन्।
जवाफमा उनले भने, 'अन्य दलको बारेमा पटक्कै नबोल्नु भनिएको छैन। चिट लेख्ने मै हुँ। दिने मै हुँ। चिट यहीँ हो । त्यस्तो कहीँ छैन।' अन्य पार्टीको चुनाव चिह्नको अनावश्यक ब्रान्डिङ भने नगर्न आग्रह गरिएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।