• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असार ३, २०८३ Wed, Jun 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

आरोप-प्रत्यारोपमै बिते कांग्रेस बैठकका पाँच दिन

64x64
नेपाल लाइभ आइतबार, साउन ७, २०८०  १९:०१
1140x725

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय समिति बैठकको पाँचौ दिन सकिँदासम्म संस्थापन र इतर पक्षबीच आरोप/प्रत्यारोप कायम छ। बैठकमा केन्द्रीय सदस्यहरु नेतृत्वको विरोध र बचाउमै केन्द्रित देखिएका छन्।

गठबन्धनभित्र अर्को मोर्चा बनाएकोप्रति आपत्ति 
नेता डा शेखर कोइरालाले गठबन्धनभित्र अर्को मोर्चा बनाएकोप्रति आपत्ति जनाएका छन। सत्तारुढ दलको नेतृत्व गरेको माओवादी केन्द्र सहितका वाम घटकहरुले समाजवादी मोर्चा बनाएको भन्दै डा कोइरालाले आपत्ति जनाएका हुन्। 

पार्टी र सरकारका गतिविधिबारे १५ बुँदे धारणा राखेका डा कोइरालाले समाजवादी मोर्चा किन बनेको हो? गठबन्धन भित्रैबाट बनेको यसको औचित्य के हो? भन्दै प्रश्न गरे। उनले भने, ‘राज्यका जिम्मेवार निकायहरुकै कारण देशमा पछिल्ला दिनहरुमा दण्डहिनता बढेर गएको छ। नीतिगत रुपमै कानुन बनाएर दण्डहिनतालाई प्रश्रय दिने काम भइरहेको छ। हाल संसदमा रहेको ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक(२०८०)’ तत्काल खारेज गरिनुपर्छ।’

नेतृत्वको बचाउ गर्दै मन्त्रीहरु
कांग्रेसबाट सरकारको प्रतिनिधित्व गर्ने मन्त्रीहरु नै नेतृत्वको बचाउ र विरोधमा देखिएका छन्। खासगरी संस्थापन पक्षका मन्त्रीहरुले देउवाको खुलेरै प्रशंसा गरेका छन्।

परराष्ट्र मन्त्री एनपी साउदले देउवाको नेतृत्वमा गठबन्धन दलले बहुमत ल्याउन सफल भएको बताए। उनले भने, ‘हामी त निर्वाचन लडेर बहुमत प्राप्त गरेको गठबन्धन हो। जुन गठबन्धनले बहुमत प्राप्त गर्‍यो, त्यसले सत्तामा दाबा गर्नु स्वभाविक थियो। तर सत्तामा बहुमत प्राप्त नगरेका दलहरुले हाम्रो गठबन्धनलाई तोड्ने गरेर जसरी सरकारमा दाबा गरिराखेका थिए। त्यो गैरराजनीतिक थियो।’ 

उनले नक्कली भुटानी शणरार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणको बचाउ गरेका थिए।

अर्थमन्त्री समेत रहेका डा प्रकाशशरण महतले नेतृत्वलाई गाली नगर्न सुझाव दिए। गालीगलौज नगरी एकतावद्ध भएर अगाडि बढेमा कांग्रेसलाई कसैले बिस्थापित गर्न नसक्नेमा उनले जोड दिए। उनले पार्टीभित्र अनुशासनको आवश्यकता रहेको पनि बताए।

बैठकमा स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले महामन्त्रीद्वयले आफूलाई केन्द्रमा राखेर आलोचना गर्ने गरेको आरोप लगाए। उनले भने, ‘पार्टी विधि र विधानअनुसार चल्नुपर्ने पनि भन्ने अनि सडकमा लगेर पोख्ने कार्यले कांग्रेस बलियो हुन्छ?’ बस्नेतले भने, ‘जसलाई जे मन लाग्यो त्यही अभिव्यक्ति दिँदा पनि भएको छ। कांग्रेस कमजोर गराउने काम निश्चित व्यक्तिबाट भएको छ।

nimb
nimb
Ncell 2
Ncell 2

सभापतिको चर्को आलोचना
बैठकमा सभापति देउवाको खुलेरै आलोचना भएको छ। खासगरी सहमहामन्त्रीहरुले देउवाको आलोचना गरेका छन्। उनीहरुले भ्रातृ संगठनको गठनदेखि समावेशी, समानुपातिकसम्म देउवा चुकेको भन्दै आलोचना गरेका छन्।

सहमहामन्त्री फरमुल्ला मन्सुरले देउवाकै कारण पार्टी कमजोर भएको टिप्पणी गरे। उनले भने, ‘सभापतिको नेतृत्वमा कांग्रेस कमजोर हुँदै गएको छ। समावेशिता कमजोर हुँदैछ। समानुपातिक प्रणालीमाथि प्रहार भइराखेको छ। उपलब्धिमाथि प्रहार भइराखेको छ। देशभरिमा साढे ५ प्रतिशत मुसलमान छन्। जम्मा एक जना मुसलमानले टिकट पायो। एउटा दलितले टिकट पाएन, देशभरिमा। थारु, मधेसीहरुले जनसंख्याको आधारमा टिकट पाएनन्। त्यति मात्र होइन, संविधानले अनिवार्य गरेको ३३ प्रतिशत महिला छैनन्।’

उनले संघीय निर्वाचनको परिणाम आउँदा संघमा दलित मुसलमानको उपस्थित नभएको र समानुपातिकतर्फ निर्णय गर्दा दलित, थारु र मुसलमानहरुलाई उपेक्षा गरेको बताए।

त्यस्तै सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले स्थिर सरकारको आवश्यकता औंल्याए। उनले २०८४ सालमा एक्लै लड्ने कि गठबन्धन गर्ने भन्ने कुरा अहिले नै निक्र्योल गर्नु नहुनेमा जोड दिए।

पाण्डेले गएको १४औं महाधिवेशनमा एकता, उत्साह र रुपान्तरण पार्टी महाधिवेशनको नारा रहेको स्मरण गरे। उनले भने, ‘वास्तवमा यही नाराको आलोकमा हामीले हाम्रा कार्यक्रमहरु, सांगठनिक गतिविधिहरु अगाडि बढाउनु पर्छ।’

त्यसैगरी सहमहामन्त्री जीवन परियारले बैठक लाइभ गरेकोप्रति असन्तुष्टि व्यक्त गरे। उनले भने, ‘आज बैठकको लाइभ गरेर हाम्रा कुरा सुनाइरहेका छौं। फेसबुक लाइभको भियोर्सको डाटा हेर्ने हो भने प्रत्येक दिन घट्दो क्रममा छ। यसबाट आम जनसमुदायलाई हाम्रो कुरा सुन्ने रुचीमा ह्रास देखाउँछ।’

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १९:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जीव गौतम पुर्पक्षका लागि जेल चलान
चितवनबाट अपहरणमा परेका बालकको उद्धार, ५ भारतीय पक्राउ
राहदानी विभागका महानिर्देशक अर्याल र निर्देशक केसीलाई चार दिन थुनामा राख्न अनुमति
सम्बन्धित सामग्री
‘नेपाली चियामाथि भारतको अवरोध प्राविधिक मात्र होइन कूटनीतिक हो, सरकारले वार्ता गरोस्’ निर्यातमा देखिएका बाधा र बजार व्यवस्थापनको अभावमा चिया उद्योगहरू बन्द हुने अवस्थामा पुगेकोप्रति उनले चिन्ता व्यक्त गरेका हुन् । मंगलबार, असार २, २०८३
रास्वपाद्वारा प्रथम राष्ट्रिय महाधिवेशनको स्थान परिवर्तन पार्टीले महाधिवेशन अब भरतपुरस्थित चितवन उद्योग संघ अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र मा सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ। मंगलबार, असार २, २०८३
चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि -२०८३ स्वीकृत प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को अध्यक्षतामा आज बसेको आयोगको बैठकले उक्त निर्णय गरेक... मंगलबार, असार २, २०८३
ताजा समाचारसबै
नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जीव गौतम पुर्पक्षका लागि जेल चलान मंगलबार, असार २, २०८३
चितवनबाट अपहरणमा परेका बालकको उद्धार, ५ भारतीय पक्राउ मंगलबार, असार २, २०८३
राहदानी विभागका महानिर्देशक अर्याल र निर्देशक केसीलाई चार दिन थुनामा राख्न अनुमति मंगलबार, असार २, २०८३
‘नेपाली चियामाथि भारतको अवरोध प्राविधिक मात्र होइन कूटनीतिक हो, सरकारले वार्ता गरोस्’ मंगलबार, असार २, २०८३
रास्वपाद्वारा प्रथम राष्ट्रिय महाधिवेशनको स्थान परिवर्तन मंगलबार, असार २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि-जीवीविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा रुपन्देही अदालतले पनि फिर्ता सोमबार, असार १, २०८३
भाइरल भिडियोबारे रास्वपा सांसद सृष्टि भट्टराईको प्रष्टीकरण : त्यो पुरानो र निजी क्षण हो मंगलबार, असार २, २०८३
रास्वपाद्वारा प्रथम राष्ट्रिय महाधिवेशनको स्थान परिवर्तन मंगलबार, असार २, २०८३
शिक्षक सरुवामा कडाइ सोमबार, असार १, २०८३
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? सोमबार, असार १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
यी हुन् गृहमन्त्रीका चार निर्णय मंगलबार, जेठ २६, २०८३
फिफा विश्वकप : ब्राजील र मोरक्को भिड्दै, अहिलेसम्मको हेड टू हेड यस्तो छ शनिबार, जेठ ३०, २०८३
महावीर पुन मन्त्री बन्दै मंगलबार, जेठ २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्