• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, जेठ ६, २०८३ Wed, May 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कांग्रेस बैठक : जनताका मुद्दा उठाउनेको संख्या झिनो, आवाज मसिनो

64x64
नेपाल लाइभ आइतबार, साउन ७, २०८०  १९:५४
1140x725

काठमाडौं- साउन २ देखि जारी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकको पाँचौँ दिन आइतबार बस्यो। यसपटक बैठक लाइभ गरिएकाले 'लोकलाज' ढाक्नैका लागि भए पनि लोकका अजेन्डा उठ्ने आमजनको पूर्वानुमान कांग्रेस नेताहरुले खारेज गरिदिएका छन्।

हरेक दिन औसतमा ३० जनाले बोलेको बैठकमा जनताले भोग्नुपरेको आर्थिक मन्दी, बेरोजगारी र महंगीका विषयमा बोल्नेको संख्या झिनो देखियो। गणनाकै हिसाबले पनि एकतिहाइ नेताहरुले जनताका मुद्दा उठाएको भेटिएन।

पार्टी सभापति शेरबहादुर देउवाको '११ महिनापछि केन्द्रीय कार्यसमिति बैठक बोलाउने सक्रियता'का पक्षमा, नक्कली भुटानी शरणार्थी प्रकरणमा छानबिनका लागि प्रहरी कस्टडीमा रहेका नेता बालकृष्ण खाँणका पक्षमा र कांग्रेसलाई अहिलेको 'मति'बाट गतितर्फ बढाउनुपर्ने विचार बोक्ने महामन्त्रीद्वयको निन्दामै यसपटकको बैठक केन्द्रित रहेको देखिएको छ।

कार्यसमिति बैठक लाइभ गरेर कांग्रेसले आफूलाई पारदर्शी बनाउन खोजेको देखिएको थियो। पार्टीले आमजनका हितमा उठाउने मुद्दालाई 'छ्याङ्गै' देखाउन खोजेको धेरैको अनुमान थियो तर केन्द्रीय सदस्यहरुले त्यसलाई 'ह्वाङ्गै' बनाइदिए। सभापति शेरबहादुर देउवाको अकर्मण्यता छोपेर आफूलाई साखुल्य पल्टाउने कांग्रेसका केन्द्रीय सदस्यहरुको प्रतिस्पर्धाले 'हामी त यस्तै त हो नि ब्रो'को अवस्थामा कांग्रेस रहेको प्रष्टिएको छ।

आमजनका पीडा प्रतिबिम्बित हुनेगरी केही केन्द्रीय सदस्यहरुले आवाज उठाए। जनसजवालमा उठेका मसिना स्वर गुटगत वादविवाद प्रतियोगिताको चर्को स्वरभित्रै दबिए। पहिलो दिन उद्घाटन, अजेन्डा र प्रतिवेदन प्रस्तुतिमै बित्यो। दोस्रो दिनबाट केन्द्रीय सदस्यहरुले बोल्ने अवसर पाए। जनतामा रहेको निराशामा आफ्नै तीनै तहमा रहेका सरकारको उपस्थितिलाई लिएर धेरै नेताहरुले प्रश्न गर्ने अपेक्षा थियो। जनताले लाइभ हेरिरहेका कारण जनतामाझ मुख देखाउने बेला त्यसैलाई देखाउने अवसरको सदुपयोग उनीहरुबाट हुनसक्थ्यो। तर,  धेरैले जनताको नेता बन्नेभन्दा मुख्य नेताकै कारिन्दाका बन्ने बाटो समाते।

किशोरसिंह राठोर, लक्ष्मी खतिवडा, चन्द्रबहादुर केसी, सुरेन्द्रप्रसाद पाण्डेलगायतले त पार्टीमा रहेको गुटगत असमझदारीलाई 'वारपार'कै तहमा पुर्‍याउने गरी चर्का अभिव्यक्ति दिए। त्यही बीचमा बद्री पाण्डे, दिलमान पाख्रिन, कुन्दनराज काफ्ले, रंगमती शाही, प्रकाश स्नेही, गोपाल दहित, सुजाता परियार, विनोद चौधरीहरुले वर्तमान अर्थतन्त्र, आफ्ना सरकारले दिलाउन नसकेको आशा र त्यससँग जोडिएको कांग्रेसको भविष्यका विषयमा आवाज उठाए। निकै कम संख्याका केन्द्रीय सदस्यले सरकारका प्रभावकारिता खोज्दा समेत मन्त्रीहरुलाई हजम भएन। स्वास्थ्य तथा जनसंख्या मन्त्री समेत रहेका मोहन बस्नेतले त्यस्तैलाई लक्षित गरी भनिदिए, 'आफू हुन पाए सबै ठीक हुने, नपाए नहुने?'

स्पष्ट कुरा राख्ने क्रममा हुम्लाकी रंगमती शाहीले भनेकी थिइन्,  'घोषणापत्र एकातिर, बजेट अर्कोतिर भनेर हामीलाई पनि चिन्ने दुईचार मिडियाले प्रश्न गर्छन्। हामीसँग जवाफ छैन। जवाफ चाहिन्छ।'

बैठकको तेस्रो दिन नै मधेशबाट प्रतिनिधित्व गर्ने मुक्ताकुमारी यादवले पार्टी सरकारमा भए पनि मधेश प्रदेशमा अनुभूत हुन नसकेको उल्लेख गरेकी थिइन्।

nimb
nimb
Ncell 2
Ncell 2

गाउँ चिनेका र हरेक दिन खाडी जाने पासपोर्टका लागि सहजीकरण गरिदिन नेतालाई गुहार्ने भूगोलबाट प्रतिनिधित्व गर्ने नेताहरुमा जनताको पीर झल्किन्थ्यो। बझाङका प्रकाश स्नेहीले हरेक युवाका मुद्दा नबोकी राजनीति नहुने भनेर त्यसैले किटानीसाथ भनेका हुन्। उनले केन्द्रीय कार्यसमिति बैठकमा प्रश्न गरे,  'युवाका मुद्दा के छन्? सरकारले युवाका लागि के गरिरहेको छ?  हाम्रै सरकारहरु हुँदा पनि किन आशा जागेन?'

नेपाली कांग्रेसजस्ता परम्परागत पार्टीले युवाका लागि उपयुक्त नीति नलिँदा विदेशबाट आउने 'एसएमएस'ले भोट प्रभावित गरिरहेको बुझाइ राजेन्द्र केसीले प्रस्तुत गरे। उनले भने, '२०१५ सालदेखि गैरकम्युनिस्ट भोटरमा कांग्रेसको एकाधिकार थियो। हामीजस्तै पुराना पार्टीले उपयुक्त नीति नलिँदा बाहिरिएका युवाले अमेरिकाबाट एसएमएस गर्छन् र भोट अन्यत्र जान्छ।'

कांग्रेस जराबाट उखेलिँदै जान थालेको पीर दिलमान पाख्रिन र कुन्दनराज काफ्लेले पोखे। उनीहरुले विकासका आधारशीला र बजेटबीचको तादम्यतालाई लिएर प्रश्न गरे। अहिले विद्यालय तहमा महंगिएको शिक्षाबाट आमजन प्रताडित रहेको बताउँदै नेता काफ्लेले कांग्रेसले त्यतातिर ध्यान दिन सक्दा मात्रै जनविश्वास आर्जन गर्ने बताए। कांग्रेस अहिले रुखको टुप्पोमा पानी हालिरहेको उल्लेख गर्दै भने, 'अब जरामा छिर्नुपर्छ। नत्र कांग्रेसको रुख सुक्दै जान्छ।' 

उमेशजंग रायमाझीले पनि शिक्षा, स्वास्थ्य, विद्युत र रोजगारी जस्ता कुरामा कांग्रेसको ध्यान जानुपर्ने उल्लेख गरे। त्यसले निराशा चिर्ने बताउँदै विकास अवरुद्ध हुनुको कारण समेत बुझाउनेपर्नेमा जोड दिए।

तेस्रो दिन बोल्ने योगेन्द्र चौधरी र गोपाल दहितले पनि जनताको जीवनस्तर सुधार्ने कुरामा कांग्रेस केन्द्रित नभए अवस्था सहज नरहेको उल्लेख गरे। दहितले विस्तृतमा आफ्ना भनाइ राख्दै भने, 'जनतालाई कसरी धनी बनाउने? शिक्षित बनाउने? कांग्रेसले त्यसतर्फ सोच्नुपर्‍यो। योजना बनाउनुपर्छ। गरिबलाई गरिब नै राख्दा कांग्रेस बलियो बन्दैन।'

तेस्रो दिन आइपुग्दा प्रभावशाली नेताहरुले ध्यान नदिए पनि जनताका पक्षमा आवाज बढ्न थालेको महसुस भइरहेको थियो। तर, चौथो दिन मीनबहादुर विश्वकर्मा, ध्रुव वाग्ले, पुष्पा भुसाल जस्ता प्रष्ट वक्ताहरुको आवाजसमेत बालकृष्ण खाँणको बचाउतर्फ बढी केन्द्रित भयो। 'कांग्रेस बिग्रिएको' बताएर केही नेताहरुले गरेको 'अपराध'मा क्षमायाचनाको कुरा उठ्यो। धेरै नेता त्यतैतिर केन्द्रित भएपछि जम्माजम्मी सुजाता परियार जनताका पक्षमा उभिइन्।

उनले भनिन्, 'मुलुक संकटमा छ। कालाबजारी सलबलाएका छन्। जनतालाई खान पनि अप्ठ्यारो परेको छ। हामी सरकारमा छौं। पार्टीबाट पहल गर्नुपर्छ। हत्याहिंसा बढेको छ। दलितमाथि विभेद छ। अन्तरजातीय विवाहमा घर आगो लगाएको छ। सरकारलाई दबाब दिने कि नदिने?'

भावका हिसाबले त्यो दिन सबैभन्दा वजनदार बोली उनकै थियो तर आफू पक्षीय नेताहरुको बचाउमा निस्केका उँचो स्वरमा उनको आवाज बिलायो।

वर्तमान अवस्थाका कारण जनताले समस्या भोगेका कुरा पदाधिकारीका तर्फबाट बोल्ने बद्री पाण्डे एक्ला देखिए। स्वर सुनिनेहरुमध्ये पर्ने उनले भने, 'अर्थतन्त्र कमजोर छ भनेर मानिसहरु आतंकित छन्। हाम्रो अर्थतन्त्र कोलाहलपूर्ण छ। बजेटमा असन्तुष्टि छ। सांसदहरु समेत असन्तुष्ट छन्। राजनीतिक संकट बेला मोचन गर्ने कांग्रेसले आर्थिक संकट मोचन गर्न सक्नुपर्छ।'

पाँचौं दिनमा उद्योगपति समेत रहेका कांग्रेस नेता विनोद चौधरीले निकै खराब अवस्थामा रहेको कुरा प्रष्ट राखे। आर्थिक तथा रोजगारीको विकासमा कांग्रेसले विश्वास दिलाउनुपर्ने उल्लेख गरे। श्यामकुमार घिमिरेले आर्थिक सम्भावना भएको मुलुकबाट नेपाल आर्थिक जोखिमतर्फ उन्मुख रहेको बताए।

केही नेताहरुले अर्थतन्त्रमाथि टिप्पणी गरेपछि अर्थमन्त्री समेत रहेका कांग्रेस नेता डा प्रकाशशरण महत आगो भए। उनले आफू भएको गर्व गर्न सिकाउँदै थपे, 'किन हामी सत्तामा बसिरहेका छौं भन्ने मानसिकतामा नजाऔँ।'

स्थानीय, प्रदेशदेखि केन्द्र सरकारसम्म रहेको कांग्रेस जनताका मुद्दासँग वेखबर रहन्छ भने प्रश्न उठ्ने नै त्यही हो- 'कांग्रेस सरकारमा चाहिँ किन बसिरहेको छ?'

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १९:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपाली सेनालाई विश्व वन्यजन्तु कोषको सम्मान
नक्कली मदिराको गोदाममा सशस्त्र प्रहरीको छापा, चारजना पक्राउ
इजरायलको आक्रमणबाट लेबनानमा १९ जनाको मृत्यु
सम्बन्धित सामग्री
प्रधानन्यायाधीश नियुक्तिपछि न्यायाधीश सपना प्रधान मल्ल २० दिन बिदामा प्रधानन्यायाधीशमा डा. मनोज कुमार शर्माको नियुक्तिसँगै मल्ल बिदा बसेकी हुन् । बुधबार, जेठ ६, २०८३
यस्तो छ प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले संसदीय सुनुवाइ समितिमा पेश गरेको कार्ययोजना उनले मुद्दाको दर्तादेखि फैसला कार्यान्वयनसम्म सूचना प्रविधिमा आबद्ध गर्ने, अदालतको सुनुवाइ प्रत्यक्ष प्रसारण गर्ने तथा सेवाग्राहीलाई... बुधबार, जेठ ६, २०८३
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची बैठकमा  प्रधानमन्त्री तथा गृह मन्त्री वालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले “प्रतिनिधि सभा सद... बुधबार, जेठ ६, २०८३
ताजा समाचारसबै
हुम्लामा एक्कासि असिनापानी परेपछि खसेको पहिरोले विद्यालय भवन बगायो बुधबार, जेठ ६, २०८३
प्रधानन्यायाधीश नियुक्तिपछि न्यायाधीश सपना प्रधान मल्ल २० दिन बिदामा बुधबार, जेठ ६, २०८३
नेपाली सेनालाई विश्व वन्यजन्तु कोषको सम्मान बुधबार, जेठ ६, २०८३
नक्कली मदिराको गोदाममा सशस्त्र प्रहरीको छापा, चारजना पक्राउ बुधबार, जेठ ६, २०८३
इजरायलको आक्रमणबाट लेबनानमा १९ जनाको मृत्यु बुधबार, जेठ ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका सात निर्णय मंगलबार, जेठ ५, २०८३
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ मंगलबार, जेठ ५, २०८३
अब अनलाइनमार्फतै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने मंगलबार, जेठ ५, २०८३
लिचिबारी घुस प्रकरण : पूर्वमन्त्री गुप्तालाई सर्वोच्चले दियो धरौटीमा छाड्ने आदेश मंगलबार, जेठ ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्