काठमाडौं- साउन २ गतेदेखि नियमित बसेको नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सोमबार ३ बजे बस्ने गरी स्थगित भएको छ। उक्त दिन महामन्त्रीहरुले प्रस्तुत गरेको एजेण्डामा त्यसयता प्रत्येक दिन बिहान ११ बजेदेखि साँझसम्म केन्द्रीय सदस्यहरुले आफ्नो धाराणा राखिरहेका थिए। शनिबार भने बैठक स्थगित भएको थियो।
आजको बैठकमा २५ जना केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखेका थिए। साथै मन्त्रीहरुले आफ्ना प्रगति विवरण पनि प्रस्तुत गरेका थिए।
बैठकपछि मुख्यसचिवले जारी गरेको विज्ञप्तिमा अर्को बैठक सोमबार बस्ने उल्लेख गरेका छन्।
‘बैठकमा धारणा राख्ने क्रम जारी छ, कार्यसमितिको बैठक श्रावण ८ गते सोमबार दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्नेछ,’ विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।