काठमाडौं- नेपाल राष्ट्र बैंकले यसअघि १५० प्रतिशत रहेको सेयर धितो र रियल स्टेट कर्जाको जोखिम भार घटाएर १०० प्रतिशतमा सीमित बनाएको छ। राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिपछि आयोजना गरेको पत्रकार सम्मेलनमा गर्भनर महाप्रसाद अधिकारीले ५० लाख रुपैयाँसम्मको सेयर धितो कर्जाको जोखिम भार १५० प्रतिशतबाट घटाएर १०० प्रतिशत बनाएको बताएका हुन्।
मौद्रिक नीतिमा सेयर बजार र घरजग्गामा दिने कर्जामा जोखिम भार पुनरावलोकन गर्ने घोषणा गरिएको थियो।
यस अघि २५ लाख रुपैयाँसम्मको कर्जामा जोखिम भार १०० प्रतिशत र त्यसभन्दा माथिको कर्जामा १५० प्रतिशत रहेको थियो।
गर्भनर अधिकारीले सरकारबाट लाइसेन्स लिएर आवासीय घर बनाउने रियल स्टेटमा जोखिम भार १५० बाट १०० मा झारेको र अन्य रियल स्टेटमा जाने कर्जाको जोखिम भार भने १५० प्रतिशत नै यथावत रहेको पनि स्पष्ट पारेका छन्। हायर पर्चेजमा भने २५ लाखसम्मको ऋणको जोखिम भार १५० बाट १०० भारिएको अधिकारीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।