काठमाडौं- नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले कांग्रेस कार्यसमितिको बैठकको फेसबुक लाइभप्रति असन्तुष्टि जनाएका छन्। उनले फेसबुक लाइभको भियोर्सको डाटा पनि प्रत्येक दिन घट्दो क्रममा रहेको बताएका छ।
‘आज बैठकको लाइभ गरेर हाम्रा कुरा सुनाइरहेका छौं। फेसबुक लाइभको भियोर्सको डाटा हेर्ने हो भने प्रत्येक दिन घट्दो क्रममा छ। यसबाट आम जनसमुदायलाई हाम्रो कुरा सुन्ने रुचीमा ह्रास देखाउँदछ,’ उनले भने, ‘यस तथ्यलाई मनन गरौं।अब हामीले हाम्रा कुरा सुनाउनेभन्दा पनि आम जनताका कुरा सुन्ने र त्यसको सम्बोधन हुनेतर्फ लक्षित गरौं। सभापतिज्यू, यो लाइभले व्यक्तिलाई फाइदा पुग्न सक्छ। तर सिंगो पार्टीलाई कदापि फाइदा पुगेको छैन।’
सहमहामन्त्री परियारले सबै पार्टीको नेता पार्टी नेपाली कांग्रेस भएको दाबी गर्दै पार्टीले आफ्नो गरिमालाई कायम राख्न सक्नु पर्नेमा जोड दिए। उनले पार्टीको जीवनमा कहिल्यै पनि हतारमा निर्णय गर्ने र फुर्सदमा पछुताउने निर्णय गर्न नहुने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।