काठमाडौं– नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीतिमार्फत् विदेश भ्रमण गर्न जाने नेपाललाई राहात हुने किसिमको व्यवस्था गरेको छ। जसअनुसार अब नेपाली रहादानी वाहकले २५ सयसम्म डलर सटही गर्न पाउने भएका छन्।
यसअघि यो सुविधा १५ सय डलर रहेको छ। वित्तिय नीतिमार्फत् विदेश भ्रमणमा जाने नेपालीलाई २ प्रतिशत पर्यटन शुल्क लगाएपछि मौद्रिक नीतिमार्फत् डलर सटहीको सीमा बढाएको हो।
सो व्यवस्थाअनुसार भारत बाहेक अन्य मुलुकको भ्रमणमा जाने नेपालीलाई राहदानी सुविधावापत १ वर्षमा दुई पटकसम्म अब २५ सय अमेरिकी डलर साट्न पाउने सुविधा दिइनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।