काठमाडौं– नेपाल राष्ट्र बैंकले आवासीय कर्जामा सीमा बढाएको छ। यसअघि १ करोड ५० लाख सम्मको सीमामा रहेको सो कर्जालाई बढाएर २ करोड पुर्याएको हो।
राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिबाट ५० लाखको कर्जा सीमा बढाएको हो। यो कर्जामा जोखिमभार कम हुने गर्दछ।
यसअघिको प्रावधानअनुसार आवसीय कर्जा लिँदा धितोको वास्तविक बजार मूल्यको ६० प्रतिशतसम्म बैंकले कर्जा दिन्थे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।