काठमाडौं– नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् चालु आर्थिक वर्षमा मूल्य वृद्धिलाई ६.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ।
आइतबार सार्वजनिक भएको मौद्रिक नीतिमा मुल्यवृद्धिको जोखिम अझै पनि रहेको भन्दै यसलाई कायम राख्न चुनौती रहेको दाबी गरिएको छ।
राष्ट्र बैंकले चालु वर्षका लागि निजी क्षेत्रमा जाने कर्जाको वृद्धिदर ११.५ प्रतिशतमा सीमित राख्ने उल्लेख गरेको छ। गत वर्षभन्दा कम गर्दै राष्ट्र बैंकले केही खुकुलो र राहत दिन खोजेको छ।
गत आर्थिक वर्षमा १२.६ प्रतिशतको विस्तारको लक्ष्य राखिएको थियो। तर एक तिहाइ पनि लक्ष्य पूरा हुन सकेन। यही कुरालाई ध्यानमा राखेर राष्ट्र वैंकले अहिले घटाएको हो।
राष्ट्र बैंकले विभिन्न क्षेत्रमा जाने कर्जाको जोखिमभार पुनरावलोकन गर्ने मौद्रिक नीतिमा उल्लेख गरेको छ। मौद्रिक नीतिले आवासीय घर खरिदमा सहुलियत दिने घोषणा गरेको छ।
घर जग्गा कारोबारमा मन्दी आइरहेको र शहकारी तथा देशको अधिकांश रकम घरजग्गामा होल्ड भएका कारण राष्ट्र बैंकले यस्तो व्यवस्था राखेको हो। यो मौद्रिक नीतिले आवासीय घर खरिदमा वृद्धि हुने अनुमान गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।