अर्जुन नरसिंह केसी (फाइल तस्बिर)
कठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजुर्न नरसिंह केसीले पात्र परिवर्तन नभइ प्रवृत्ति परिवर्तन अहिलेको मुख्य आवश्यकता भएको बताएका छन्।
आइतबार कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै नेता केसीले भने, ‘यहाँ मैले धेरै सुनेँ, सभापति नै संस्था हो। मैले सभापतिलाई कहिले नै संस्था मान्दिनँ। संस्था भनेको विधि, नियम प्रक्रिया पद्धतिलाई अवलम्बन गरानुपर्छ। सभापतिलाई नै हामीले संस्था मान्ने सोच राख्यौं भने हुँदैन। सभापति बलियो हुनुपर्छ। सभापतिमाथि सबैले बल पुर्याउनुपर्छ। बल पुर्याउने भनेको विधि र नियममा हो।’
उनले सहमति सबैको निम्ति आवश्यक रहेको उल्लेख गर्दै त्यो सहअस्तित्वको आधारमा हुने दाबी गरे। उनले भने,‘सहमति भनेको आत्मसमपर्ण होइन। यदि आत्मसमपर्णलाई सहमति मानिन्छ भने त्यो सहमति मानिदैन।’
नेता केसीले लोकतन्त्र प्रक्रिया भित्र हुने दाबी गरे। उनले भुटानी शरणार्थी प्रकरणदेखि वालुवाटार प्रकरणमा शसक्त हुनुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।