प्रकाशशरण महत (फाइल तस्बिर)
काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् अर्थमन्त्री डा प्रकाशशरण महतले एक मन र एक चित्तले पार्टी संगठनमा लागे कांग्रेसलाई कसैले रिप्लेस (विस्थापित) गर्न नसक्ने बताएका छन्।
आइतबार कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै नेता महतले भने,‘ एक मन, एक चित्तले पार्टी संगठनमा लाग्यौं भने, जनताको बीचमा गयौं भने, नेपाली कांग्रेसलाई कसैले रिप्लेस गर्न सक्दैन। त्यसमा दुईमत छैन।’
उनले पार्टीमा अनुशासनको आवश्यकता रहेको बताउँदै त्यसमा मत भिन्नता भए पनि पार्टीको उम्मेद्वार भइसकेपछि त्यसलाई जिताउनु पर्नेमा जोड दिए।
नेता महतले एउटा गुट र समुहको कार्यक्रम गर्दा कांग्रेसले प्राप्त गर्न खोजेको लक्ष्य पूरा नहुने बताए।
महतले भने, ‘आजको अवस्थामा हाम्रो पार्टीमा विचार छैन। दृष्टिकोण छैन। मिसन छैन। भिजन छैन। त्यो होइन। हाम्रो पार्टीको मिसन छ। हामो पार्टीप्रति गर्व गर्छौँ। उच्च मनोबलका साथ जनतामा जान चाहन्छौ नभन्ने?’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।