काठमाडौं– नेपाली कांग्रेसका नेता एवम् परराष्ट्रमन्त्री एनपी साउदले गठबन्धन दलले निर्वाचन लडेर बुहमत प्राप्त गरेको बताएका छन्।
आइतबार कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै नेता साउदले बहुमत प्राप्त गठबन्धनले सत्तामा दाबी गर्नु स्वभाविक भएको टिप्पणी गरे।
उनले भने, ‘हामी त निर्वाचन लडेर बहुमत प्राप्त गरेको हाम्रो गठबन्धन हो। जुन गठबन्धनले बहुमत प्राप्त गर्यो त्यसले सत्तामा दाबा गर्नु स्वभाविक थियो। तर सत्तामा बहुमत प्राप्त नगरेका राजनीतिक पार्टीहरु, त्यस्ता गठबन्धनहरुले पनि हाम्रो गठबन्धनलाई तोड्ने गरेर जसरी सरकारमा दाबा गरिराखेका थिए। त्यो एउटा गैर राजनीतिक कुरा थियो।’
साउदले सरकारमा आफूहरुको उपस्थिति सकारात्मक भएको बताए। ‘सरकारमा हाम्रो उपस्थिती सकारात्मक हो। गएको निर्वाचनलाई म यही रुपमा मूल्यांकन गर्न चाहन्छु। कहिलेकाहीँ पार्टी सभापतिलाई लक्षित गरेर, पार्टीलाई लक्षित गरेर सत्ताकै लागि राजनीति गरिराखेका छन्। कुर्सीका लागि राजनीति गरिराखेका छन् भन्ने चित्रण गर्न खोजिराखेका छन्।’
उनले अहिले प्रतिपक्षमा रहेका र सरकार बाहिर गएका पार्टीहरुले सत्तामा जान खोजिरहेको बताए। साउदले क्रियाशील सदस्यता वितरणको अधिकार केन्द्रभन्दा वडालाई दिनुपर्ने बताए। उनले आफ्नै जिल्लामा पनि सक्रिय २० प्रतिशत सदस्यहरुले भोट नदिएको आरोप लगाए। समानुपातिक र समावेशीका विषयमा प्रत्यक्ष निर्वाचन प्रणाली लागु गर्नुपर्नेमा जोड दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।