काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजालले महामन्त्री गगन कुमार थापालाई संसदीय दलको ‘खनायो’मा मन नडुलाउन आग्रह गरेका छन्।
आइतबार पार्टीको केन्द्रीय समितिको बैठकमा आफ्नो धारणा राख्दै रिजालले उक्त सुझाव दिएका हुन्।
‘सभापति जी पनि चाहनुहुन्छ ८४ मा पार्टी राम्रो बनोस्, बलियो बनोस्। महामन्त्री पनि चहनुहुन्छ ८४ सम्म यति गरौं कि ८४ पछि त मजालै अगाडि लान सकुँ भनेर। कहाँनेर स्वार्थ मिलेन भन्दा खोज्दै जाँदाखेरी संसदीय दलको खनायो छ नि, त्यतातरि मन नडुलाएदेखि सभापति र महामन्त्रीको ध्यानै एकैतिर हुन्थ्यो भन्ने लाग्यो,’ रिजालले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।