काठमाडौं– कांग्रेस केन्द्रीय समितिको बैठक ५ दिनदेखि चलिरहेको छ। शनिबार सार्वजनिक बिदा भएकाले बैठक बसेन। आइतबार बैठक जारी छ।
वर्तमान सरकारको ठूलो हिस्सेदार रहेको कांग्रेसका नेताहरु केन्द्र सरकारको उपप्रधानमन्त्री, मन्त्रीको हैसियतमा बैठकमा सहभागी भएका छन्।
उपसभापति पूर्णबहादुर खड्काले अजेन्डामा बोल्न र मन्त्रीले आफ्ना कुरा भन्न फरक फरक समय पाउने भनेपछि सभापति शेरबहादुर देउवाले मन्त्रीलाई धेरै भाषण किन भन्दै प्रश्न गरेका छन्।
सबै नेताहरुलाई समान ७ मिनेट बोल्न पाउने समय रहे पनि मन्त्री भएका नेताहरुले भने २ पटक बोल्न पाउने भएका छन्। पहिलो महामन्त्रीहरुले प्रस्ताव गरेको अजेन्डामा बोल्ने र दोस्रो मन्त्रीका हैसियतमा बैठकमा अन्य सदस्यले उठाएका कुराहरुलाई लिएर बोल्न पाउने नियम उपसभापति पूर्णबहादुर खड्काले जानकारी गराएका छन्।
‘मन्त्री जीहरुले अहिले चाँही अजेन्डामा बोल्ने हो। सबैले बोली सकेपछि मन्त्रालयसँग सम्बन्धित विषयमा मन्त्री जीहरुलाई अन्तिममा आ–आफ्ना मन्त्रालयहरुका विषयमा स्पष्ट पार्ने छुट्टै समय हुन्छ,’ खड्काले सभापतिको अनुमती लिएर बोलेको हुँ भन्दै घोषणा गरिदिए।
तर सभापति देउवाले उपसभापति खड्काको कुरामा असहमति जनाए। ‘दुईपल्ट काँह बोल्ने फेरि? कति पल्ट बोल्न लगाउने मन्त्रीलाई। मन्त्रि पनि भाको छ भाषण पनि गर्नु पर्ने? ल बोल्नुहोस् पूर्णबहादुरले भनिहाल्नु भयो....’ देउवाले यसो भन्दै मन्त्री समेत रहेका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतलाई बोल्न समय दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।