काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसको बैठक आज (आइतबार) पनि बस्दै छ। आइतबार बिहान ११ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक झण्डै १ वर्षपछि मंगलबारदेखि सुरु भएको हो। बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले १० वटा अजेन्डाहरु प्रस्तुत गरेका थिए। यस्तै, अर्का महामन्त्री गगन थापाले वार्षिक कार्यतालिकासहित प्रतिवेदन पेस गरेका थिए।
मंगलबार प्रस्तुत भएका अजेन्डा र प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले बुधबारदेखि धारणा राख्न सुरु गरेका हुन्। बुधबारको बैठकमा ४६ जना केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखेका थिए। बिहीबारको बैठकमा ३५ जना केन्द्रीय सदस्यले धारणा राखेका थिए। यस्तै, शुक्रबार ३४ जना केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राखेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।