• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ४, २०८३ Sun, Sep 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

खिइँदो उमेर, गुमेको आत्मविश्वास: गगनका लागि रहर होइन जंगलको बास

64x64
ललित बोहरा आइतबार, साउन ७, २०८०  १०:३८
1140x725

बैतडी– गगन दमाइ, नागरिताको नाम गगन ढोली। ठेगाना दशरथचन्द नगरपालिका–१, हाल स्थायी बसोबास बैतडीको पाटन नगरपालिका ८ बिप्पेकटाल।

उमेरले ६५ कटेका गगनको झुपडीमा परिवारका ४ सदस्य डरै डरले रात बिताउँछन्। कहिले पहिरोको, कहिले हिमपात त कहिले जंगली जनावरको डर। सडक किनारको जंगल अर्थात् ऐलानी जग्गामा उनले १५ वर्ष अगाडि झुपडी बनाएका थिए। झुपडीमा २ कोठा छन्। 

झुपडीको तल मुख्य राजमार्ग छ, माथि शाखा सडक। मुख्य र शाखा सडकको बीचमा बनाएको झुपडी कुन दिन कसले भत्काइदिने हो, उनलाई त्यसैको डर छ। 

Gagan_Damai_11689934507.jpg
गगन दमाइ

‘६५ बर्ष पुगेँ, कहिले मर्ने हुँ। छोराहरुका लागि कहीँ–कतै सानो जग्गाको टुक्रा भए पनि जोड्न पाए हुन्थ्यो। ओडारै भित्र पनि सरकारले व्यवस्था गरिदिए मरे मुक्ति मिल्ने थियो कि,’ गगन अपेक्षामिश्रित भावमा भन्छन्। केही अगाडि उनका एउटा छोराको हात भाँच्चियो। उपचारका लागि पैसा थिएन। गाउँलेहरुले चन्दा संकलन गरेर उनको उपचार गरिदिए। 

१५ वर्ष अगाडि गगन श्रीमती र सन्तानसहित बसाइ सरेर पाटन नगरपालिका–८ को बिप्पेकटाल पुगेका हुन्। बिप्पेकटालको जंगल छेउमा टहरो बनाएर बसेका उनी अहिले भने त्यही टहरोबाट पनि लेखेटिनुपर्ने भयमा रात कटाइरहेका छन्।

उनीसहित श्रीमतीको मतदाता नामावली पाटन–८ बाटै छ। नेताहरुलाई भोट चाहिएपछि पाटन–८ कै मतदाता बनेका उनी मिल्यो भने त्यहीँको स्थायी बासिन्दा नै बन्न चाहन्छन्। तर अहिले बस्दै आएको टहरो पनि कुन दिन कसले भत्काइदिने हो उनलाई थाहा छैन। 

ऐलानी भनेर मानिए पनि उक्त जग्गामा दाबी गर्ने अरु गाउँले पनि छन्। केही गाउँलेले त उनलाई ‘तिमी यहाँ बस्न पाउँदैनौं। पुरानै ठाउँ जानुपर्छ’ समेत भनेका छन्। 

Jhupadi_Gagan_Damai_21689934508.jpg
जंगलछेउ गगनले बनाएको टहरो

‘तेरो घर उतै बैतडी (दशरथचन्द नगरपालिका–५) हो। उतै जा भन्छन्। अब मर्ने उमेरमा म कहाँ जाउँ?’ खिइँदो उमेरले उनको आत्मविश्वास पनि गुमिसकेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

गगन नजिकैको बिप्पेकटाल बजारमा सिलाइ–कटाइको काम गर्दै आएका छन्। उनकोमा धेरैजसो पुराना तथा उध्रिएका लुगाहरु सिलाउने मात्रै पुग्छन्। 

‘सिलाइको सीप पुरानो भयो। त्यही अनुसारको मात्र आउँछ,’ गगनले सुनाए। पुराना लुगा सिलाएबापत आउने पैसाले जेनतेन हातमुख जोर्न पुगेको छ। सिलाइ मेसिन पनि उनलाई पाटन नगरपालिकाले दिएको हो। 

गगनका ३ छोरा छन्। जेठा छोरा १५ वर्षका भए। उमेरअनुसार उनी अहिले विद्यालय तहको अध्ययनमा हुनुपर्ने हो। तर घरको नाजुक अवस्थाले उनलाई भारत पुर्‍याएको छ। भारतमा दैनिक मजदुरी गरेर जोडेको पैसा घर पठाउँछन्। 

जेठो छोरा ५ कक्षामा पढ्दा पढ्दै भारत गएको गगनले सुनाए। ‘५ कक्षामा पढ्दै थियो। घर खर्च त चलाउनु पर्‍यो भनेर भारत गयो। अहिले होटेलमा काम गरिरहेको छु भन्छ,’ गगनले सुनाए। 

भूमि आयोगले जग्गा दिने आसमा गगनको परिवार
राष्ट्रिय भूमि आयोग बैतडीले पाटन नगरपालिकामार्फत् भूमिहीन, सुकम्बासीहरुको तथ्याङ्क संलकन गरेको थियो। करिब १ वर्ष भयो तथ्याङ्क संकलन गरेको पनि। तर गगनसहित पाटन–८ का अरु भूमिहनहरु आफ्नो सन्दर्भमा आयोगले के गरिरहेको छ भनेर अझै जानकार छैनन्। 

गगनकी श्रमती पार्वतीले भनिन्, ‘भूमि आयोगका फारम भर्न आएका थिए। १ वर्ष हुन लाग्यो। त्यसपछि के भयो केही थाहा छैन।’

भूमि आयोगले जमिन उपलब्ध गराए मागेरै भए पनि गुजारा चलाउने बताउँछिन् पार्वती। 

Parwati_Damai_Gagans_wife1689934508.jpg
गगनकी श्रीमती पार्वती

‘सानो कटेरो अड्याउने जग्गा मात्रै भयो भने पनि हामी मागेर खाने थियौँ। बस्नका लागि स्थायी ठाउँ त हुन्थ्यो,’ पार्वती भन्छिन्। 

लगत संकलन गरेको समयमा भूमिहीन दलीत र भूमिहिन सुकम्बासीको रुपमा पाटन नगरपालिका ८ मा ५ जनाले अनुसुची ३ अन्तर्गतको फाराम भरेका छन्। अव्यवस्थित बसोबासीको समस्या भएका ५१ जनाले वडामा निवेदन दिएको वडा सचिव शंकर प्रशाद भट्टले बताए। उनले भने, ‘५ जना भूमिहीन दलित र भूमिहीन सुकम्बासीले फारम भरेका छन्।’

पाटन नगरपालिकाले लगत संकलन गरेको भए पनि राष्ट्रिय भूमि आयोगको जिल्ला कार्यालय बैतडीमा भने अपुरो फाइल पठाइएको छ। यकिन तथ्याङ्क संकलन गरी को वास्तविक सुकम्बासी हो, को होइन भनेर छुट्याएर अनलाइन इन्ट्री गर्नुपर्नेमा पाटन नगरपालिकाले त्यो नगरेको भूमि आयोगका अध्यक्ष कपिल ऐरले जानकारी दिए। 

‘मन्त्रालयमा सम्झैता भएको छ, मेयरसाप नै गएर। तर सम्झैताअनुसार नगरपालिका कम नै गदैन। कतिपटक हामीले पत्र पठाएका छौं। मौखिक भनेका छौं। जमिन कहिले दिनुहुन्छ भनेर मलाई पनि त्यताबाट फोन आउँछन्,’ अध्यक्ष ऐरले भने।

Poor_people_jhupadi_Gagan_Damai1689934508.jpg
जंगलछेउ गगनले बनाएको टहरो

गगनलाई मात्र नभइ यहाँका ५ जनालाई तत्काल जग्गा उपलब्ध गराउन अति आवश्यक रहेको स्थानीय समाजसेवी गगन बिष्टको भनाइ छ। उनी भन्छन्, ‘उनीहरुलाई घाम लागे पनि समस्या, हिमपात भए पनि समस्या छ। बाढी पहिरोले पनि समस्या नै पार्ने जोखिम छ,’ बिष्टले भने, ‘जग्गाका लागि धेरै ठाउँ सिफारिस लगाएकै हुन्छौँ। कसैले सुनेका छैनन्।’

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १०:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ललित बोहरा
ललित नेपाल लाइभका संवाददाता हुन्
लेखकबाट थप
दल बदलेपछि बैतडीका एक जनप्रतिनिधि पद मुक्त
हजारौँ रोपनी जमिनमा सिँचाइ गर्ने २० लाख लिटर क्षमताको पोखरी पुनर्निर्माण गर्ने भएपछि कृषक उत्साहित
बैतडीमा ४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
बाढीबाट प्रभावित बालबालिकाका लागि झन्डै ५८ करोड सहयोग गर्ने घले दम्पतीको घोषणा आइतबार, असोज ४, २०८३
२०२६ को पहिलो ६ महिनामा हुवावे विश्वकै नम्बर १ स्मार्टवाच ब्रान्ड आइतबार, असोज ४, २०८३
नयाँ टियागो ईभीमा ‘जोयफुल विक’ अफर, ४.३ लाख डाउनपेमेन्टमै गाडी लैजान सकिने आइतबार, असोज ४, २०८३
कांग्रेस महाधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न आइतबार, असोज ४, २०८३
पूर्वमन्त्री कार्की कांग्रेसको वडा तहबाट क्षेत्रीय प्रतिनिधि चयन आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
देवानगञ्जमा गोलीकाण्ड : घाइते युवकको पहिचान खुल्यो, गोली चलाउनेको खोजीमा प्रहरी शनिबार, असोज ३, २०८३
देवानगन्ज घटना: प्रहरीले सार्वजनिक गर्‍यो पक्राउ परेका दुई जना, गोली चलेको विषयमा मौन शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्