काठमाडौं– ललिता निवास प्रकरणमा सर्वोच्च अदालतमा बन्दीको निवेदनमा फैसला तयार हुँदैगर्दा जिल्ला अदालत काठमाडौले ५ दिन थुनामा राख्ने अनुमति प्रदान गरेको छ।
जिल्ला अदालतले संगठित अपराधमा म्याद थप गर्न उक्त अनुमति प्रदान गरेको हो। जिल्ला अदालतले ललिता निवासको जग्गा प्रकरणमा पक्राउ परेका भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङ, बहालवालासचिव धनबहादुर राउत, निर्वाचन आयाोगका पूर्व आयुक्त सुधीरकुमार शाहसहितका अभियुक्तहरुमाथि थप पाँच दिन म्याद थप गरेपछि उक्त अवधि हिरासतमा बस्ने भएका छन्।
उक्त प्रकरणमा पक्राउ परेका केही आरोपितहरु २५ दिनदेखि थुनामा रहेका छन्। बालुवाटार जग्गा प्रकरणमा कीर्ते गरेको अभियोगमा आफूलाई पक्राउ गर्ने निर्णय गैरकानुनी भएको भन्दै सचिव राउत, निर्वाचन आयोगका पूर्वआयुक्त शाह, व्यवसायी गुरुङ र मालपोत कार्यालयका पूर्वकर्मचारी धर्मप्रसाद गौतम सर्वोच्च पुगेका थिए।
उनीहरुले उक्त प्रकरणमा आफूहरुमाथि अन्याय भएको दाबी गरेका छन्। न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको इजलासमा पेसी रहेको छ। गत सोमबार देखि यो विवादमा सुनुवाइ चलिरहेको छ। सर्वोच्चले उनीहरुलाई शुक्रबार सुनाउने निर्णयले अनुसन्धानको बाटो पनि तय गर्ने छ। सर्वोच्चले धरौटीमा राखेर अनुसन्धान गर्ने वा थुनामै राखेर गर्नेबारे निर्णय दिने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।