रमेश लेखक (फाइल तस्बिर)
काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले अहिले सत्ता गठबन्धनको राजनीतिक नेतृत्व कांग्रेसले गरिरहेको बताएका छन्।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा आफ्नो भनाइ राख्दै नेता लेखकले सभापति (शेरबहादुर देउवा)कै कारण कांग्रेस तीनवटै तहको सरकारमा ठूलो दलको रुपमा उपस्थित हुन पाएको बताए।
उनले भने, ‘सभापतिको ज्यूको नेतृत्वमा नेपाली कांग्रेस तीनै तहको सरकारमा, तीन तहका संसदमा सबैभन्दा ठूलो पार्टीका रुपमा उपस्थित भएको छ। हामीले नै यो गठबन्धन बनाएका छौं।यो गठबन्धनको राजनीतिक नेतृत्व कांग्रेसले गरिराखेको छ।’
उनले गठबन्धनको स्थिरता, सुदृढता, स्थायित्वका बारेमा बनाएको धारणाले दूर्गामी असर पार्ने बताए।
उनले सभापतिकै कारण ठूलो पार्टी बनेको भन्दै त्यो उपलब्धिलाई कांग्रेसले जोगाउनका लागि केही ठोस निर्णय गर्नुपर्ने बताए।
नेता लेखकले जनजीवका सवालहरु केन्द्रित हुनुपर्नेमा जोड दिए। महंगी बढेको र बेरोजगारी बढेकाले त्यसबारे ध्यान दिनु पर्ने बताए। उनले आर्थिक क्षेत्रमा ठोस निर्णय लिएर अघि बढ्नु पर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।