काठमाडौं– नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पनि राजीनामा माग्नुपर्ने ‘माग’ उठेको छ। नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दाको पुर्पक्षका लागि जेलमा रहेका पार्टी नेता बालकृष्ण खाणलाई पार्टीको जिम्मेबारीबाट निलम्बन गर्नुपर्ने विषयमा उठेका विषयबारे टिप्पणी गर्ने क्रममा केन्द्रीय सदस्य जितजंग बस्नेतले गृहमन्त्रीको ‘राजीनामा माग्न जाऔं’ भन्दै टिप्पणी गरेका हुन्।
अहिले सुन तस्करीको प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्वसभामुख कृष्णबहादुर महरा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको समेत नाम जोडिएको भन्दै बस्नेतले उनीहरुको पनि राजीनामा माग्न जाऔं भन्दै आफ्नै पार्टीका नेताहरुलाई व्यंग गरेका हुन्।
‘सुन प्रकरणमा गृहमन्त्री नारायणकाजी, कृष्ण बहादुर महरा र केपी ओलीको नाम आएको छ। यो विषयमा हाम्रा साथीहरु बोल्ने कि नबोल्ने? नेपाली कांग्रेस बोल्ने कि नबोल्ने? हाम्रो साथीहरुको नाम आए चर्को चर्को कुरा गर्नुहुन्छ। हाम्रा केही साथीहरु गृहमन्त्रीकहाँ जानु भएको थियो,’ उनले भने, ‘आज म पनि जान्छु उहाँहरुसँग। जाउँ न त नारायणकाजीको नाम आइसकेको छ। उहाँको विषयमा राजीनामा माग्न जाऔं। को–को मान्छे हुन सुन प्रकरणमा दोषी यस विषयमा छानबिन हुनुपर्यो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।