काठमाडौं– साप्ताहिक कारोबारको अन्तिम दिन आज (शुक्रबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य घटेको छ। शुक्रबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ८०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १२ हजार २५० रुपैयाँ कायम भएको छ।
यसअघि बिहीबार सुनको मूल्यले हालसम्मकै उच्च दरको रेकर्ड राखेको थियो। बिहीबार छापावाल सुन प्रतितोला १ लाख १३ हजार ६०० र तेजाबी सुन प्रतितोला १ लाख १३ हजार ५० रुपैयाँमा किनबेच भएको थियो।
शुक्रबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४८० रुपैयाँ कायम भएको छ। यसअघि बिहीबार चाँदी प्रतितोला १ हजार ४९५ रुपैयाँमा किनबेच भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।