काठमाडौं- कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा टेकप्रसाद गुरुङले चितवनका सबै कार्यालयका प्रमुखमा माओवादीका समर्थक भएको भन्दै गम्भीर हुन सुझाएका छन्। बिहीबारको बैठकमा बोल्दै उनले सो विषय उठाएका हुन्।
‘चितवनमा भएका जति कार्यालयका प्रमुखहरु सबै माओवादी समर्थक छन्। मेयर माओवादी, सीडीओ माओवादी, एसपी माओवादी, भूमि आयोगका अध्यक्ष माओवादी, क्यान्सर अस्पतालका अध्यक्ष माओवादी, सरकारी अस्पतालका अध्यक्ष माओवादी। त्यति मात्र नभएर गरिबसँग विश्वेश्वर कार्यक्रमको अध्यक्ष पनि माओवादी। भनेपछि चितवनमा हामीले के गर्न सकिन्छ? यसबारेमा गम्भीर हुन अनुरोध गर्न चाहन्छु’, उनले भने।
नेता गुरुङले सबै अर्कालाई बुझाइसकेपछि कांग्रेसले गर्ने के? भन्ने प्रश्न उठाए। उनले आफहरुले उठाएको विषयको कुनै कार्यालयमा सुनुवाइ नहुने गरेको बताए।
‘म केन्द्रीय सदस्य हुँ भनेको छु। कुनै कार्यालयमा गयो भने वाईसीएलको सामान्य कार्यकर्ता/सदस्यले भन्यो भने काम तुरुन्तै हुन्छ। तर हाम्रो भनाइ सुनुवाइ हुँदैन। गठबन्धन सरकार भनेर हामी मख्ख छौं। तर हाम्रो काम जिल्लामा केही भएको छैन’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।