काठमाडौं– नेपाली कांग्रेसकी केन्द्रीय सदस्य रमा पौडेल कोइरालाले २/२ महिनामा केन्द्रीय समितिको बैठक बस्न अव्यवहारिक रहेको धारणा राखेकी छन्।
पार्टीमा महामन्त्रीहरुले विधान अनुसार २/२ महिनामै बैठक बस्ने प्रवाधान अबबाट कार्यान्वयन हुने बताए पनि सदस्य कोइरालाले असम्भव रहेको बताएकी हुन्।
‘विधानमा जुन २–२ महिनामा केन्द्रीय समितिको बैठक राख्ने भन्ने छ त्यो व्यवहारिक हुँदैन रहेछ कि भन्ने लागेको छ। त्यो महिनामा अलिकति सकिँदैन कि भन्ने मेरो अनुभव छ,’ कोइरालाले भनिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।