काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्रबहादुर केसीले संसदीय दलको नेता र पार्टी सभापति चाहियो भन्दै बेमौसमी बाजा नबजाउन महामन्त्री गगन थापालाई सुझाव दिएका छन्।
‘एउटा व्यक्ति विशेषलाई संसदीय दलको नेता चाहियो भन्दैमा, पार्टी सभापति चाहियो भन्दैमा समय र परिस्थितिलाई ख्यालै नगरी बेमौसीको बाजा बजाउँदै हिँड्दैमा जन्ती पाइँदैन,’ केसीले सुझाएका छन्।
महामन्त्री थापा पछिल्ला दिनहरुमा सभापति र संसदीय दलको नेताको विकल्प खोज्ने अभिव्यक्ति दिँदै आएका छन्।
केन्द्रीय सदस्य केसीले गगन थापालाई हतार नगर्न पनि भनेका छन्। ‘सधैं एकनास पनि हुँदैन। गगनजीले हतार गर्नु पर्दैन। यू वेट,’ केसीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।