काठमाडौं- कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सभामुख र सभामुख प्रदेश सांसदको हैसियतमा पनि हुने भएकोले मुख्यमन्त्रीमा निर्णायक मत दिएर डेटलक हुनबाट जोगाएको दाबी गरेका छन्।
सरकार निर्माण गर्नका लागि सभामुखको निर्णायक हस्ताक्षरले थापा मुख्यमन्त्री बनेपछि उक्त विषयले अदालतमा प्रवेश पाएको छ। यता, थापाले भने कांग्रेसको केन्द्रीय समितिको बैठकमा आफ्नो धारणा राख्ने बेलामा सभामुखको भूमिकाको बचाउ गरेका हुन्।
‘सभामुखको विषयलाई विवादमा पार्ने काम भएको छ यहाँबाट। सभामुख मात्र होइन नि। सभामुख भनेको एउटा प्रदेश सदस्य पनि हो। सभामुखको आफ्नो भूमिका हुन्छ। एउटा सदस्यको नाताले सरकारलाई डेटलक हुनबाट रोक्नु भयो,’ मुख्यमन्त्री थापाले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।