काठमाडौं- नेपाली कांग्रेस कोशी प्रदेशका सभापति तथा मुख्यमन्त्री उद्धव थापाले पार्टीका केन्द्रीय सदस्य केशवकुमार बुढोथोकीलाई आफूलाई मुख्यमन्त्री नमाने पनि हुने जवाफ दिएका छन्। बुढाथोकीले बुधबारको केन्द्रीय समितिको बैठकमा थापालाई मुख्यमन्त्री मान्ने कि नमान्ने भनेर प्रश्न गरेका थिए।
बुढाथोकीको सवालको बिहीबार जवाफ दिँदै थापाले आफूलाई नमानेर निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीलाई मुख्यमन्त्री मान्न चुनौती दिएका छन्।
‘तपाईंले हिक्मत कार्कीलाई मुख्यमन्त्री माने हुन्छ। नेपाली कांग्रेसको गठबन्धनको मुख्यमन्त्री उद्धव थापालाई मुख्यमन्त्री नमाने हुन्छ। त्यो तपाईंको विचारको कुरो हो,’ थापाले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।