• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, जेठ ६, २०८३ Wed, May 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्रीद्वयमाथि कटाक्ष

64x64
नेपाल लाइभ बुधबार, साउन ३, २०८०  २०:३२
1140x725

काठमाडौं- करिब एक वर्षपछि बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबारदेखि पार्टी मुख्यालय सानेपामा जारी छ। मंगलबार प्रस्तुत भएका अजेन्डा र प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले बुधबारदेखि धारणा राख्न सुरु गरेका छन्।

बुधबार बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मामाथि कटाक्ष गरे। सँगसँगै सभापति शेरबहादुर देउवाको बचाउ पनि गरे।

'दोष जति सभापतिलाई थुपारेर पन्छिन मिल्दैन'
कांग्रेस केन्द्रीय सदस्य गोविन्द शाहले दोष जति सबै सभापतिलाई थुपारेको भन्दै आक्रोश व्यक्त गरे। उनले निर्णय प्रक्रियामा कांग्रेस पदाधिकारी र कार्यसम्पादन समिति समेत रहेको उल्लेख गर्दै देउवाको बचाउ गरे।

उनले भने, ‘संगठनलाई चुस्तदुरुस्त बनाउनेभन्दा पनि अनिर्णयको बन्दी बनाउने कुरामा खाली सभापतिलाई मात्रै दोष दिने? दोष दिएर मुक्त हुँदैनौँ। यसको जिम्मेवारी पदाधिकारी र कार्यसम्पादन समितिले लिनुपर्छ। काम कर्तव्यप्रति हेक्का राखौँ।’

'सभापति व्यक्ति होइन, संस्था'
केन्द्रीय सदस्य सीतादेवी देवकोटाले पार्टी सभापति देउवा एक व्यक्ति नभएर संस्था भएको दाबी गरिन्। उनले भनिन्, ‘नेपाली कांग्रेसलाई कमजोर बनाउने छुट कसैलाई छैन। सभापति व्यक्ति होइन, संस्था हो। सभापतिलाई कमजोर बनाउँदा पार्टी कमजोर हुन्छ। त्यसो गर्ने छुट कसैलाई छैन।’

देउवाबाट पार्टी चल्दैन पनि भन्ने र देउवाबाटै सिकेको हुँ भन्ने भन्दै महामन्त्री थापाप्रति कटाक्ष गरिन्। केही दिनअघि थापाले संसदीय दलको नेता परिवर्तनको विषयलाई देउवाबाटै सिकेको बताएका थिए।

देवकोटाले गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाउनुपर्ने प्रस्ताव राखिन्। कोषाध्यक्ष भने महिलालाई बनाउनुपर्ने उनको जोड छ।

महामन्त्रीको विकल्प खोज्ने चेतावनी
पार्टी सभापति देउवाले मनोनित गरेकी केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले महामन्त्रीद्वय थापा र शर्माको विकल्प खोज्न सक्ने बताइन्। उनले महामन्त्रीहरुलाई दायरा फराकिलो बनाउन आग्रह गरिन्।

nimb
nimb
Ncell 2
Ncell 2

खतिवडाले भनिन्, ‘दुई वटै महामन्त्रीज्यूलाई विनम्रतापूर्वक आग्रह छ- कांग्रेस बलियो बनाउने उद्देश्यका साथ, एक ढिक्का र सही रोडम्याममा लैजाने उद्देश्यका साथ तपाईंहरु हामी सबैको नेतृत्व लिने गरी अगाडि बढ्नुहोला। तपाईंहरुले दायरा फराकिलो बनाउनु भएन भने, जसरी तपाईंहरु अरु कसैको विकल्प खोज्छौँ भन्दै हुनुहुन्छ। तपाईंहरुको पनि हामीहरुले विकल्प खोज्न नपरोस्।’

खतिवडाले सभापति संस्था भएकोले सभापतिबाहेक हामी मात्रै असल हौँ भन्ने दाबी हास्यापद भएको बताइन्। उनले सबै दोष सभापतिलाई लगाएर उन्मुक्ति नपाइने तर्क गरिन्।

उनले भ्रष्टाचार अभियोगमा पूर्व गृहमन्त्री बालकृष्ण खाण समातिँदा कांग्रेसको एउटा समूह गृहमन्त्रीलाई धन्यवाद ज्ञापन गर्न गएको भन्दै असन्तुष्टि जनाइन्। उनले अभियोग लागेको अमुक पार्टीका बारेमा नबोलेको भन्दै आरोप लगाइन्।

मन्त्री केन्द्रित बजेट विनियोजन भएकोप्रति असन्तुष्टि
कांग्रेसको केन्द्रीय कार्य समितिको बैठकमा सरकारको आलोचना समेत भएको छ। सत्तारुढ दल समेत रहेको कांग्रेसले अर्थ मन्त्रालय समालेको भए पनि बजेट विनियोजनप्रति नेताहरुले असन्तुष्टि व्यक्त गरेका छन्।

केन्द्रीय सदस्य देवेन्द्रराज कंडेलले भने, ‘नेता र मन्त्रीको ठाउँमा मात्रै बजेट विनियोजन भएको छ। विभेदकारी बजेट विनियोजन भयो।'

अन्य सांसदहरुमा किन बजेट विनियोजन भएन। उनले मन्त्री नै वडा र पालिका केन्द्रित भएकाले कांग्रेसको साझा मन्त्री बन्न नसकेको आरोप लगाए। ललिता निवास र भुटानी शरणार्थीमा दोषीले उन्मुक्ति र निर्दोष फस्न नहुनेमा जोड दिए।

त्यसैगरी नेता दिलमान पाख्रिनले स्थानीयदेखि केन्द्रसम्मका मन्त्रीहरुले आफू केन्द्रित बजेट आएको भन्दै आपत्ति जनाए। भदौको १५ गतेभित्र भातृ संगठनले पूर्णता नपाएको अवस्थामा के हुन्छ? भन्दै प्रश्न गरे।

'भ्रातृ संगठन नेताहरुको छोराछोरी राख्ने अखडा'
महामन्त्री थापाले प्रस्तुत गरेको प्रतिवेदनमा थप २२ सहित ७० वटा विभाग बनाउने कार्यतालिका पेस गरेका थिए। नेताहरुले भने पहिलेकै विभागहरुले पूर्णता नपाएको भन्दै नयाँ विभागहरुले भदौ १५ गते पूर्णता पाउने कुरामा आंशका व्यक्त गरेका छन्।

केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले भातृ संगठन नेताहरुका आफ्ना छोराछोरीहरु राख्ने अखडा भएको बताए। उनले भने, ‘भ्रातृ संगठन कोसँग सल्लाह गरेर बनाउनु भयो? यो भ्रातृ संगठनमा सबैले आफ्ना छोराछोरी हालेका रहेछन्। मेरो छोरा पनि हाल्दिनुपर्‍यो। त्यसमा महिला संगठन बनाउनुहुन्छ भने मेरो श्रीमती पनि राखिदिनुहोस्।’

भ्रातृ संगठन काठमाडौंमा बस्ने गणेश प्रवृत्ति भएकाहरुले जिम्मेवारी प्राप्त गरेको भए पनि गाउँघरमा बसेर संगठन निर्माण गर्नेहरुले अवसर नपाएको भन्दै कटाक्ष गरेका छन्। त्यसैगरी केन्द्रीय सदस्य मानबहादुर नेपाली विभागहरु थप्ने कुरामा शहीदहरुको परिवारलाई समेत समेट्नुपर्ने बताए। उनले भने, ‘संगठनलाई क्रियाशील गर्ने कुरा व्यक्तिले हो। धेरै कार्यकर्ता गाउँमा बसेका छन्। सुविधा सम्पन्न काठमाडौंमा बस्ने व्यक्तिबाट मात्रै कांग्रेस चल्छ भन्ने भ्रम हो।’

दुई महिनाको अन्तरालमा बैठक बस्ने कुराको स्वागत 
केन्द्रीय सदस्य रामहरि खतिवडाले प्रत्येक दुई महिनामा केन्द्रीय कार्यसमितिको बैठक हुने कुरा स्वागतयोग्य भएको बताएका छन्। उनले महामन्त्रीले प्रस्तुत गरेको कार्यपत्रको कार्यान्वयन भएको अवस्थामा कांग्रेस स्वर्णिम युगमा प्रवेश हुन दाबी गरे। उनले २०७० सालपछि दोस्रो पटक पहिलो पार्टी बनेको बताउँदै केही समय गठबन्धन जोगाउन नसकेको र पुनः गठबन्धन ल्याउन सफल भएकोमा खुसी व्यक्त गरे। उनले गुटलाई प्रश्रय दिनु राम्रो नभएको भन्दै महामन्त्री र सभापतिलाई गाली गर्दैमा कांग्रेस राम्रो नहुने जिकिर गरे।

गुटउपगुटको अन्त्य हुनुपर्नेमा जोड
कांग्रेस केन्द्रीय सदस्य कल्याणी रिजालले पार्टीको क्रियाशीलको संख्या खहरे खोला जस्तो भएको बताउँदै त्यसबारे पूनर्विचार गर्नुपर्नेमा जोड दिइन्। उनले भनिन्, ‘पार्टीको क्रियाशील सदस्यको संख्या खहरे खोला जस्तो छ। अन्तर्घात र गुट-उपगुटको अन्त्य हुनुपर्छ।’

त्यसैगरी केन्द्रीय सदस्य नारायणबहादुर कार्कीले कांग्रेसले भ्रष्टाचारीलाई जोगाउन नहुनेमा जोड दिए। उनले भने, ‘भ्रष्टहरुलाई जोगाउन हुँदैन। कांग्रेसले विश्वास गुमाएको छ। हाम्रो निष्क्रियताले नै यो अवस्था आएको छ। पालिकामा निर्वाचिन पदाधिकारीहरु पार्टीको वास्ता गर्दैन। यस विषयमा गम्भीर हुनुपर्छ। वडादेखि क्षेत्र पालिका, प्रदेशसम्मका संगठन कमजोर भएका छन्।’

उनले कांग्रेस गुटका कारण विभाजित भएको बताउँदै नेताहरु गुट त्याग्नुपर्नेमा जोड दिए।
 

प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  २०:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
३० अंकले बढ्यो शेयरबजार, ३ अर्ब ८२ करोडको कारोबार
सरकारलाई सदनप्रति जबाफदेही बनाउन निलम्बन हुन पनि तयार छौँ: हर्क साम्पाङ
प्रतिनिधि सभामा दुई विधेयक प्रस्तुत, अर्को बैठक बिहीबार बस्ने
सम्बन्धित सामग्री
सरकारलाई सदनप्रति जबाफदेही बनाउन निलम्बन हुन पनि तयार छौँ: हर्क साम्पाङ बुधबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष साम्पाङले सरकारलाई सदनप्रति जबाफदेही बनाउन आफूहरूको विरोध आगामी दिनमा... बुधबार, जेठ ६, २०८३
प्रतिनिधि सभामा दुई विधेयक प्रस्तुत, अर्को बैठक बिहीबार बस्ने बुधबारको बैठकका निर्धारित कार्यसूचीहरू सम्पन्न भएसँगै सभामुख डीपी अर्यालले अर्को बैठक बिहीबार बिहान ११ बजे बस्ने जानकारी गराएका हुन्... बुधबार, जेठ ६, २०८३
अधिवेशनमा खटिने गरी रास्वपाले तोक्यो केन्द्रीय प्रतिनिधि (सूचीसहित ) पार्टीले वडा, पालिका, जिल्ला तथा प्रदेश तहका भेला र अधिवेशन सम्पन्न गराउने उद्देश्यसहित केन्द्रीय पदाधिकारी, सचिवालय सदस्य, सांसद, स... बुधबार, जेठ ६, २०८३
ताजा समाचारसबै
३० अंकले बढ्यो शेयरबजार, ३ अर्ब ८२ करोडको कारोबार बुधबार, जेठ ६, २०८३
सरकारलाई सदनप्रति जबाफदेही बनाउन निलम्बन हुन पनि तयार छौँ: हर्क साम्पाङ बुधबार, जेठ ६, २०८३
प्रतिनिधि सभामा दुई विधेयक प्रस्तुत, अर्को बैठक बिहीबार बस्ने बुधबार, जेठ ६, २०८३
अधिवेशनमा खटिने गरी रास्वपाले तोक्यो केन्द्रीय प्रतिनिधि (सूचीसहित ) बुधबार, जेठ ६, २०८३
देशमा लगानीको वातावरण बन्न सकेन : विदुषी राणा बुधबार, जेठ ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका सात निर्णय मंगलबार, जेठ ५, २०८३
प्रधानन्यायाधीश नियुक्तिपछि न्यायाधीश सपना प्रधान मल्ल २० दिन बिदामा बुधबार, जेठ ६, २०८३
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ मंगलबार, जेठ ५, २०८३
अब अनलाइनमार्फतै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने मंगलबार, जेठ ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्