काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य बहादुर लामाले नेतालाई गाली गर्दैमा कांग्रेस पार्टी बलियो नहुने बताएका छन्। बुधबार कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै नेता लामाले कांग्रेस कार्यसमितिमा प्रस्तुत गरेको प्रतिवेदन कार्यन्वयन हुनु पर्नेमा जोड दिए।
उनले बोल्नुभन्दा पनि कार्यान्वयन पक्ष बलियो बनाउनु पर्नेमा जोड दिए। उनले जनतालाई कसरी कार्यान्वयनको पक्षमा ल्याउने भन्ने कुरा महत्त्वपूर्ण हुने बताए।
उनले कांग्रेसको बलियो बनाउनका लागि नेतालाई गाली गरेर नहुने दाबी गरे। उनले भने, ‘कांग्रेसको बलियो संगठन बनाउलाई नेतालाई गाली गरेर हुँदैन। नेतालाई गाली गर्ने अनि हामी बलियो हुन्छौं भन्ने कुरा कहिल्यै पनि हुँदैन। सबभन्दा महत्त्वपूर्ण कुरा कांग्रेसको विधान छ। त्यसलाई नै कार्यान्वयन गनर्नुपर्छ।’
उनले खल्तीबाट नेता बनाउने प्रचलनको अन्त्य हुनु पर्ने बताए। नेता लामाले संगठनको बफादार व्यक्तिलाई अवसर दिनु पर्ने बताए। उनले विधान र प्रक्रियालाई अघि बढाएर मात्रै संगठन बलियो हुने दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।