काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड साउन ७ गते इटाली भ्रमणमा जाने भएका छन्। इटालीमा हुने युनाइटेड नेसन्स फुड सिस्टम समिट २०२३ मा सहभागी हुन प्रधानमन्त्री त्यसतर्फ जान लागेका हुन्।
बुधबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीको भ्रमण स्वीकृत गरेको छ। संयुक्त राष्ट्रंघको खानी तथा कृषि संगठनको मुख्यालय इटालीमा युनाइटेड नेसन्स फुड सिस्टम समिट २०२३ जुलाई २४, २५ र २६ मा इटालीमा हुँदैछ।
प्रधानमन्त्री नेतृत्वको भ्रमण दलमा कृषि तथा पशुपंक्षी विकासमन्त्री वेदुराम भुसाल पनि हुनेछन्।
मन्त्रिपरिषद्को बैठकले कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुरमा छुट तथा परिमार्जनसम्बन्धी सूचना प्रकाशन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।
मन्त्रिपरिषद्को बैठकले शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको सञ्चालक समिति सदस्यमा डा रवि मल्ललाई नियुक्त गर्ने निर्णय पनि गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।