काठमाडौं- नेपाली कांग्रेसमा थप २२ वटा विभाग थप्न प्रस्ताव गरिएको छ। केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा उक्त प्रस्ताव गरिएको हो।
कांग्रेस महामन्त्री गगन थापाले बैठकमा पार्टीको कार्यपत्र प्रस्तुत गर्दै थप २२ वटा विभाग थप्न प्रस्ताव गरेका हुन्। यसअघि कांग्रेसका ४८ वटा विभाग रहेका थिए। २२ विभाग थप गर्ने प्रस्ताव पारित भएमा कांग्रेसमा विभागको संख्या ७० पुग्नेछ।
विभागमा ५२ सदस्यभन्दा बढी संख्या थप्न नपाइने प्रस्ताव समेत गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।