काठमाडौं– नेपाली कांग्रेस सिरहा जिल्ला समितिको अधिवेशन पुन: गर्नुपर्ने माग गर्दै कांग्रेस केन्द्रीय सदस्यहरूलाई ध्यानाकर्षण पत्र बुझाइएको छ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु हुनु पूर्व पूर्व सांसद गणेश मण्डल सहितको टोलीले केन्द्रीय सदस्यहरूलाई ध्यानाकर्षण पत्र बुझाएको हो।
नेपाली कांग्रेस सिरहाको १४औं जिल्ला अधिवेशनका सम्बन्धमा केन्द्रीय कार्यालयबाट खटिएका निर्वाचन अधिकृत सञ्जिव लामाले वडादेखि क्षेत्रीय अधिवेशन सम्मका सम्पूर्ण कार्यहरु सदरमुकाम सिरहामा नै गराइएको आरोप उनीहरुको छ। यस्तै, २०४६ सालदेखि पार्टीको जिल्ला अधिवेशन सदरमुकाममा नै हुने गरेकोमा १४औं अधिवेशन गोलबजारमा गराइएको भन्दै खारेज हुनुपर्ने उनीहरुको माग छ।
अधिवेशन अवैधानिक, अव्यवहारिक एवम् नियमावली, निर्देशिका तथा आचारसंहिता विपरीत सम्पन्न गराइको उनीहरुको जिकिर छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।