काठमाडौं– सत्तारुढ गठबन्धनको दल नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालयको बैठक आज (मंगलबार) पनि बस्दैछ।
गत शुक्रबारदेखि जारी बैठकमा नेताहरुले बोल्ने क्रम नसकिएकाले मंगलबार पनि बस्न लागेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। बैठक मंगलबार बिहान ९ बजेदेखि पुष्पलाल स्मृति प्रतिष्ठानमा सुरु हुनेछ।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, संगठन सुदृढीकरण अभियानको समीक्षा, वैचारिक नीतिमा छलफल भइरहेको नेताहरुले जानकारी दिएका छन्।
सोमबार बसेको बैठकमा सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल तथा उपमहासचिवद्वय विजय पौडेल र गंगालाल तुलाधरले आफ्नो धारणा राखेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।