काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ। सो बैठकमा सभापति र महामन्त्रीहरुले एजेण्डा प्रस्तुत गर्नेछन्। सोही एजेण्डामा केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राख्नेछन्।
यसै सन्दर्भमा आसन्न केन्द्रीय समितिमा प्रस्तुत हुने एजेण्डाका विषयमा पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय विश्वाप्रकाश शर्मा र गगनकुमार थापाले सोमबार पार्टीका वर्तमान पदाधिकारी र पूर्व पदाधिकारीहरुसँग छलफल गरेका छन्। कांग्रेसले लामो समयपछि बस्न लागेको बैठकमा निर्वाचन समीक्षादेखि सरकारको समीक्षासम्मका १० एजेण्डा अघि सारेको छ।
बैठकको एजेण्डा तय गर्न सोमबार बसेको कांग्रेस शीर्ष नेताहरुको बैठकले १० वटा एजेण्डा तय गरेको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए।
यी हुन् कांग्रेसले तय गरेका १० एजेण्डा
– समसामयिक
– सांगठानिक कार्ययोजना
– केन्द्रीय समितिको बैठकअघि कार्यसम्पादन समिति बैठकको निर्णय अनुमोदन गर्ने प्रस्ताव
– पार्टी निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन
– नीति अधिवेशनसम्बन्धी खाका प्रस्ताव
– विभाग गठन
– राष्ट्रव्यापी अभियानको घोषणाबारे
– केन्द्रीय कार्यसमितिको अनुशासन समितिको प्रतिवेदन पेस
– संसदीय दल समीक्षा
– सरकारको प्रगतिबारे
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।