काठमाडौं- नेपाली कांग्रेसको मंगलबार बस्ने केन्द्रीय कार्यसमितिको बैठक प्रत्यक्ष प्रसारण गर्ने सहमति भएको छ।
सोमबार पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको बैठकले भोलिको केन्द्रीय समिति बैठक लाइभ गर्ने निर्णय गरेको कांग्रेस नेता शशांक कोइरालाले जानकारी दिए।
पार्टीको केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण गर्ने प्रस्ताव सभापति शेरबहादुर देउवाले नै राखेको एक नेताले नेपाल लाइभलाई बताए।
नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँणको विषयमा भने कुनै छलफल नभएको बताइएको छ।
भोलि बस्ने केन्द्रीय समितिको बैठकको एजेन्डाका बारेमा केन्द्रीय कमिटी बैठकअघि पदाधिकारी बैठक बसेर टुंगाइने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।