काठमाडौं– भारत, नेपाल, म्यानमार, थाइल्यान्ड, भुटान, श्रीलंका र बंगलादेश सहितका देशहरुको साझा संगठन बिमस्टेकका परराष्ट्रमन्त्रीहरुको रिट्रिट बैठक सकिएको छ। उक्त बैठकमा नेपालका परराष्ट्रमन्त्री एनपी साउद सहभागी भएका थिए।
सोमबार एक दिनको बैठकमा सहभागी हुन मन्त्री साउद आइतबार त्यसतर्फ प्रस्थान गरेका थिए।
परराष्ट्रमन्त्री साउदले बिमस्टेकका परराष्ट्रमन्त्रीहरुको बैठक निकै फलादायी भएको बताएका छन्। उक्त बैठकमा उर्जा, ग्रिड जडान, जलवायु परिवर्तन जस्ता बिषयमा छलफल भएको मन्त्री साउदले जनाएका छन्।
1689580854.png)
‘बिमस्टेक सदस्य राष्ट्रका विदेशमन्त्रीहरूले बिमस्टेक सहयोगलाई सुदृढ पार्ने उपायहरूमा फलदायी छलफल गरेका छौं,’ मन्त्री साउदले सामाजिक संजाल ट्विटरमा भनेका छन्, ‘हाम्रा छलफलका विषयहरुमा ऊर्जा, ग्रिड जडान, जलवायु परिवर्तन, स्वास्थ्य र खाद्य सुरक्षा, र प्रविधि थिए।’
बिमस्टेक बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगालको खाडीको प्रयास हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।