काठमाडौं– मंगलबारदेखि सुरु हुने केन्द्रीय समितिको बैठकका अजेन्डाबारे धारणा बनाउन गर्न नेपाली कांग्रेसको इतर समूहका नेताहरु छलफलमा जुटेका छन्।
पार्टीका नेता शेखर कोइराला र महामन्त्री गगन थापासहित नेताहरु कोइरालाको निवासमा छलफलमा जुटेका हुन्।
केन्द्रीय कार्यसमितिको बैठकका अजेन्डा तय गर्न पार्टी सभापति शेरबहादुर देउवाले सोमबार दिउँसो पार्टी पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठक बोलाएका छन्।
देउवाले बोलाएको बैठक अगाडि नै इतर पक्षका नेताहरु आपसी छलफलमा जुटेका हुन्। खास गरेर पूर्वगृहमन्त्री समेत रहेका पार्टीका नेता बालकृष्ण खाणलाई निलम्बन गर्ने विषयलाई इतर पक्षले प्रमुखताका साथ उठाउने तयारी गरेको छ।
तर, सभापति देउवा र उनी पक्षका नेताहरु खाणको निलम्बनलाई अजेन्डा नबनाउने अडानमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।