काठमाडौं- प्रतिनिधि सभाबाट मिटरब्याज सम्बन्धी विधेयक सर्वसम्मतिले पारित भएको छ। आइतबारको प्रतिनिधि सभा बैठकले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी (मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक) पारित गरेको हो।
यो विधेयक पारित भएपछि लामो समयदेखि मिटरब्याजबाट आहत भएका पीडितहरूलाई राहत भएको छ।
प्रतिनिधि सभाको अर्को बैठक मिति २०८० साउन १० गते बुधबार दिनको १ः०० बजे बस्नेछ।
विधेयक पास भएपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले खुसी व्यक्त गरेका छन्। 'यो ऐन निर्माणले मिटरब्याज पीडितलाई न्याय दिलाउने अभियानलाई सफल पार्न बलियो आधार प्रदान गर्नेछ। यद्यपि, यस सन्दर्भमा अझै सचेततापूर्वक मिहिनेत गर्नु जरुरी छ,' फेसबुकमार्फत श्रेष्ठले भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।