• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, माघ २, २०८२ Fri, Jan 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नेपाल विश्वविद्यालय विधेयकबारे सांसदको मत- दलीय हस्तक्षेपबाट मुक्त गरौं

64x64
नेपाल लाइभ आइतबार, असार ३१, २०८०  २०:०५
1140x725

काठमाडौं- नेपाल विश्वविद्यालय विधेयक, २०८० माथि भएको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसदहरुले विश्वविद्यालयलाई दलीय हस्तक्षेपबाट मुक्त गर्नुपर्ने बताएका छन्। आइतबार प्रतिनिधि सभाको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले प्रस्तुत गरेको विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा भाग लिएका सांसदहरुले नेपालमा कति वटा विश्वविद्यालय चाहिने हो? भन्ने प्रश्न पनि उठाए।

उक्त विधेयकको छलफलमाथि भाग लिँदै एमाले सांसद रघुजी पन्तले नेपालमा कति वटा विश्वविद्यालय चाहिने हो? कस्तोकस्तो विश्वविद्यालय चाहिने हो भन्दै प्रश्न गरे। उनले भने, ‘प्रधानमन्त्रीले सुदूरपश्चिम प्रदेशमा दशरथचन्द मेडिकल विश्वविद्यालय घोषणा गर्नुभयो। त्यो कार्यान्वयनमा जान सकेन। किनभने, मेडिकल कलेज बनाउनका लागि आवश्यक पूर्वाधारहरु नै त्यहाँ छैन।’

उनले त्रिविमा विद्यार्थी नपाएर आंगिक क्याम्पस बन्द र मर्जको अवस्थामा रहेको बताए। विधेयकलाई गैर सरकारी भनेको र राष्ट्रिय सभाको संशोधनले गैरसरकारी शब्द संशोधन गरेर पठाएको बताए। उनले कति वटा कलेज र विश्वविद्यालय आवश्यक छ भन्नेबारेमा सरकारसँग कुनै नीति नभएको बताए। 

Ncell 2
Ncell 2

त्यसैगरी कांग्रेस सांसद अर्जुननरसिंह केसीले नेपाल विश्वविद्यालय विधेयकमाथि सरकारले गम्भीर भएर सोच्नुपर्ने बताए। उनले नेपालको उच्चस्तरीय शिक्षा दिन प्रतिदिन अराजक र अनुशासनहिनता तर्फ उन्मुख रहेको बताए। उनले भने, ‘हामी सबैलाई थाहा छ। दस प्लस दुई पास गरेका मात्रै एक लाख २४ हजार विद्यार्थीहरुले २०२२÷०२३ मा नोअब्जेक्सन लेटर लिएका छन्। सबै विदेशतीर आकर्षित हुन लागेको अवस्था छ।’

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विश्वविद्यालयमा कुलपति र उपकुलपति राम्रो हुनुपर्ने बताए। उनले विश्वविद्लयमा भागबन्डाको आधारमा चल्न नहुने जिकिर गर्दै योग्य व्यक्तिलाई नियुक्ती गर्नुपर्नेमा जोड दिए।

नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगन थापाले राज्य पूर्नसंरचनामा गएका कारणले विश्वविद्यालयका सन्दर्भमा गम्भीर छलफल गर्नुपर्ने बताए। उनले भने, ‘हामीले भन्यौं, विश्वविद्यालय पूर्नसंरचनाको बारेमा गम्भीर तरिकाले छलफल गरौं।के छोड्ने, के थप्ने? के जोड्ने यसका बारेमा सरकारले एउटा स्पष्ट अवधारणा बनाओस्।त्यो अवधारणाका बारेमा कानुन बनाऔं।’

एमाले सांसद एवं पूर्व शिक्षामन्त्री देवेन्द्र पौडेलले शिक्षा सबैभन्दा भद्रगोल र प्रमुख विषय भएको हुनाले शिक्षा सुधार गर्नका लागि उच्च शिक्षा सुधार गर्नुपर्ने बताए। उनले भने, ‘उच्च शिक्षा सुधार्नु भनेको उच्च शिक्षालाई प्रणालीमा ल्याउनु हो। त्यसका लागि त्यो ऐन छिटो भन्दा छिटो अघाडि बढाउने कुरा नै पहिलो आवश्यकता छ। त्यसो गरिएन भने भद्रगोल हुन्छ।’

पूर्व शिक्षामन्त्री एवं राजस्वपाका सांसद शिशिर खनालले विद्यालय शिक्षा ऐन र उच्च शिक्षा ऐनको आवश्यकता औंल्याए। उनले भने, ‘अहिलेको उच्च शिक्षा हेर्ने हो भने, झण्ड झण्डै ५ लाख विद्यार्थीहरु विश्वविद्यालयमा अध्ययन गर्नुपर्छ। त्यसको ८० प्रतिशत विद्यार्थीहरु त्रिभूवन विश्वविद्लयमा अध्ययन गर्नुहुन्छ।’ उनले त्रिविमा दुई वर्षदेखि जाँच नभएको, रिजल्ट नभएको लगायतका विषयमा फोन आउने गरेको बताए।

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  २०:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पार्टी फुटेको होइन, परिस्थिति बनाएर सानेपा जान्छौँ : प्रदीप पौडेल
न्युजिल्यान्डद्वारा इरानस्थित दूतावास बन्द
गगन थापा समूहको दाबी : विधान कार्यान्वयन गर्न विशेष महाधिवेशन गरेका हाैँ
सम्बन्धित सामग्री
पार्टी फुटेको होइन, परिस्थिति बनाएर सानेपा जान्छौँ : प्रदीप पौडेल निर्वाचन आयोगका पदाधिकारीसँग छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफूहरू संयमित ढङ्गले अघि बढ्ने बताए। शुक्रबार, माघ २, २०८२
गगन थापा समूहको दाबी : विधान कार्यान्वयन गर्न विशेष महाधिवेशन गरेका हाैँ विशेष महाधिवेशनबाट चयन भएका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको केन्द्रीय समितिले विशेष महाधिवेशन मागकर्तालाई सम्बोधन गर्न नखोजेपछ... शुक्रबार, माघ २, २०८२
आन्दोलनको धम्कीले आयोग प्रभावित हुँदैन भन्ने विश्वास छ : विश्वप्रकाश शर्मा निर्वाचन आयोगका पदाधिकारीलाई भेट्दै उपसभापति शर्माले केहीबेरअघि कांग्रेस केन्द्रीय कार्यालयमा भएको पत्रकार सम्मेलनको सन्दर्भ कोट्याउ... शुक्रबार, माघ २, २०८२
ताजा समाचारसबै
निर्वाचन आयोगको मुख्य गेटमा प्रहरी परिचालन शुक्रबार, माघ २, २०८२
पार्टी फुटेको होइन, परिस्थिति बनाएर सानेपा जान्छौँ : प्रदीप पौडेल शुक्रबार, माघ २, २०८२
न्युजिल्यान्डद्वारा इरानस्थित दूतावास बन्द शुक्रबार, माघ २, २०८२
गगन थापा समूहको दाबी : विधान कार्यान्वयन गर्न विशेष महाधिवेशन गरेका हाैँ शुक्रबार, माघ २, २०८२
आन्दोलनको धम्कीले आयोग प्रभावित हुँदैन भन्ने विश्वास छ : विश्वप्रकाश शर्मा शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
‘विप्लव’ र मिराज ढुंगानाबीच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर बिहीबार, माघ १, २०८२
पेट्रोलियम पदार्थको मूल्य घट्यो शुक्रबार, माघ २, २०८२
उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबिच एकता बिहीबार, माघ १, २०८२
सभापति थापाले भने : ‘निर्वाचन आयोगले विशेष महाधिवेशनको निर्णयलाई अद्यावधिक गर्नेमा विश्वस्त छु’ बिहीबार, माघ १, २०८२
कांग्रेस कार्यवाहक सभापति खड्काले केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्