काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विश्वविद्यालयलाई दलीय हस्तक्षेपबाट मुक्त गर्नुपर्ने बताएका छन्। आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै महामन्त्री थापाले विश्वविद्यालयलाई दलीय हस्तक्षेपबाट मुक्त गर्नुपर्ने बताएका हुन्।
विश्वविद्यालय ऐन छिटोभन्दा छिटो ल्याउनुपर्ने उनले बताए। विश्वविद्यालय ऐन ल्याउन ढिलो गरेर सरकारले यसको महत्वलाई बुझ्न नसकेको बताउँदै थापाले विश्वविद्यालयका विधेयकहरु ल्याउँदा कार्यपालिकाले कहीँ कतै पनि हस्तक्षेप गर्न नसक्ने गरी ल्याउनुपर्नेमा उनले जोड दिए।
‘अहिले पनि विश्वविद्यालयको ऐन ल्याइएको छैन। यो अर्थ मन्त्रालयतिर घुमिरहेको छ। सरकारले यसको महत्व बुझ्न सकेन। सरकारको विश्वविद्यालय शिक्षालाई समग्रतामा हेर्ने एउटा अवसर हो। प्रदेशको सरकारलाई मागदर्शन गर्ने अवसर पनि हो,’ उनले भने।
विश्वविद्यालयलाई पुराना विश्वविद्यालयहरुमा जस्तै दलीय भागबन्डा हुन दिनु नहुने उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।