काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको विरोधपछि प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ।
प्रतिनिधि सभामा केही नेपाल ऐन संशोधन विधेयक माथिको छलफलका क्रममा रास्वपा र सभामुखका बीचमा विवाद भएको थियो। रास्वपाले आफ्नो माग सम्बोधन नभएको भन्दै उठेर विरोध सुरु गरिरहँदा सभामुख देवराज घिमिरेले शिक्षामन्त्री अशोक राईलाई समय दिएका थिए।
त्यसपछि रास्वपाले विरोध गर्दै बेल घेर्न आएपछि सभामुखले १५ मिनेटका लागि स्थगित गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।