काठमाडौं- रास्वपा सांसद गणेश पराजुलीले वर्षमा ६ वटा महिनाको नाम असार राख्न सरकारलाई सुझाव दिएका छन्। प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद पराजुलीले उक्त प्रस्ताव सुझाव दिएका हुन्।
आर्थिक वर्षको आखिरी महिनामा मात्र पुँजीगत खर्च भएको भन्दै सांसद पराजुली व्यंग्य गरे, ‘वर्षको ६ महिना नै असार राख्न सरकारसँग आग्रह गर्छु। असार महिना लागेदेखि मेरो निर्वाचन क्षेत्रसहित देशको सबै निर्वाचन क्षेत्रमा विकासको मुहान फुटेको देखेको छु।’
झमझम पानी पर्दै गर्दा पनि सडकमा काम भइरहेको र सडक बनाउने र ढल विस्तार गर्ने काम भइरहेकोले विकास कुर्न असार नै आउनुपर्ने अवस्था भएको सांसद पराजुलीले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।