काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वार्ता र संवादका माध्यमबाट सहकारी पीडितको माग सम्बोधन गर्न माग गरेका छन्। आइतबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा आफ्नो धारणा राख्दै शर्माले यस्तो माग गरेका हुन्।
कांग्रेस महामन्त्री शर्माले भने, ‘सहकारीकर्मीहरु आन्दोलनमा छन्। केही सहकारीकर्मीका कारण सयौँ सहकारी आलोचित भएका छन्। सरकारले यसलाई नियमन गर्ने शक्तिशाली संस्थाको परिकल्पना गर्नुपर्ने सहकारीकर्मीसँग संवादमार्फत माग पूरा गर्न आग्रह गर्छु।’
हरेक दुई वर्षमा नेपाली श्रमिकको न्यूनतम ज्याला तोकिने व्यवस्था भए पनि सरकारले कुनै चासो नदेखाएको उनले गुनासो गरे। ‘ज्याला वृद्धि गर्ने सन्दर्भमा सरकार रोजगारदाता र श्रमिकका प्रतिनिधिबीच संवादमार्फत समस्या टुङ्गोमा पुर्याउने विषयमा सरकार गम्भीर हुनुपर्छ,’ महामन्त्री शर्माले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।