काठमाडौं– बजेटसँग सम्बन्धित ३ वटा विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका छन्।
राष्ट्रपति पौडेलले आर्थिक वर्ष २०८०/०८१ को बजेटसँग सम्बन्धित विनियोजन विधेयक २०८०, आर्थिक विधेयक २०८० र राष्ट्र ऋण उठाउने २०८० प्रमाणीकरण गरेका हुन्।
तीनवटै विधेयक संघीय संसद्का दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भएर प्रमाणीकरणका लागि पेस भएका थिए। ३ वटै विधेयक प्रमाणीकरण भएपछि बजेट कार्यान्वयनको बाटो खुलेको छ।
सरकारले गत जेठ १५ गते आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट सार्वजनिक गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।