काठमाडौं– परराष्ट्रमन्त्री एनपी साउद आज (आइतबार) थाइल्याण्डको बैंकक जाँदैछन्। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगालको खाडीको प्रयास (बिमस्टिक) सदस्य राष्ट्रका परराष्ट्रमन्त्रीस्तरीय ‘रिट्रिट’मा सहभागी हुन परराष्ट्रमन्त्री साउद थाइल्याण्ड जान लागेका हुन्।
मन्त्री साउद आइतबार दिउँसो १ बजे थाइ स्माइल एयरवेजको जहाजबाट बैंकक प्रस्थान गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जानकारी दिएको छ।
परराष्ट्रमन्त्रीस्तरीय ‘रिट्रिट’ सोमबार छ। सोमबार ‘रिट्रिट’मा सहभागी भएर मन्त्री साउद स्वेदेश फिर्ता हुनेछन्।
मन्त्री साउदले बैंकका भारतीय विदेशमन्त्री एस जयशंकरसँग साइडलाइन वार्ता गर्ने तय भएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ।
बिमस्टेकमा नेपालसहित भारत, भुटान, बंगलादेश, श्रीलंका, थाइल्याण्ड र म्यानमार सदस्य छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।